पाण्डेले आरोहण गरे आमादब्लम हिमाल
काठमाडौं : गतवर्ष सगरमाथा आरोहण गरेका प्रकाशराज पाण्डे अघिल्लो महिना आमादब्लम (६, ८१२ मिटर) हिमाल चढेका छन्।
अप्ठ्यारा हिमालमध्ये आमादब्लम संसारकै तेस्रो स्थानमा आउँछ। पाण्डेले गाइडको सहयोगमा कात्तिक २२ मा आमादब्लम आरोहण गरी राष्ट्रिय झण्डा फहराएका हुन्।
स्काउट र राष्ट्रिय युवा परिषद्को झण्डा चुचुरोमा पुर्याएर आफूले विश्वमै शान्तिको कामना गरेको आरोही पाण्डेले बताए।
रामेछाप, लिखु तामाकोशी–७ तिल्पुङमा जन्मिएका पाण्डेले इच्छाशक्ति भए सबैले हिमाल आरोहण गर्न सक्ने दाबी गरे। उनले विश्व लाङटाङको ‘वेडेन पावेल स्काउट हिमाल’ (६,८९० मिटर) दुई पटक र सोलुखुम्बुको आइल्यान्ड पिक (६,१६० मिटर) हिमालको सफल आरोहण गरिसकेका छन्।