रेशमलाई प्रमाणपत्र माग्दै आन्दोलन
कैलाली : कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभामा विजयी रेशमलाल चौधरीलाई प्रमाणपत्र दिन माग गर्दै थारू कल्याणकारिणी सभा (थाकस) कैलालीले आन्दोलन घोषणा गरेको छ। धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरी कल्याणकारिणी सभाका कार्यवाहक जिल्ला सभापति माधव चौधरीले रेशमलाई प्रतिनिधिसभामा विजयी भएको प्रमाणपत्र दिन, बन्दी जीवन बिताइरहेका टीकापुर आन्दोलनमा पक्राउ परेकालाई रिहाइको माग राख्दै आन्दोलन गर्ने बताए।
थरुहट आन्दोलनले उठाएका पहिचानसहितको सीमांकन कायम गर्नुपर्ने, पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत चारबुँदे मागसहित आन्दोलन घोषणा गरिएको हो। टीकापुर घटनामा २७ जना थारू समुदायका व्यक्ति तीन वर्ष चार महिनादेखि पुर्पक्षका लागि थुनामा छन्।
थाकसले मंसिर २३ गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र २४ गतेदेखि टीकापुरसहित जिल्लाका १३ स्थानमा बृहत् अन्तक्र्रिया गर्ने कार्यक्रम घोषणा गरेको छ।
प्रतिक्रिया दिनुहोस !