पश्चिम नेपालमा घन्कियो 'सालैजो भाका'
काठमाडौं : लाङघाली म्युजिक प्रालिले नयाँ सालैजो गीति एल्बम ‘मेरो लागि जोवान’ सार्वजनिक गरेको छ। पश्चिम नेपालको रमणीय क्षेत्र बर्दिया र बाँकेका सुन्दर स्थानमा छ्याङ्कन गरिएको सालैजो गीतको भिडियो सार्वजनीक गरिएको हो।
शर्मिला गुरुङ र सन्जय घर्तीको स्वर रहेको गीतको शब्द विवश घर्तीले लेखेका छन्। भिडियोमा प्रकाश भट्ट क्षेत्री, केशव चालिसे, करिश्मा शाही र निशा शाहीको अभिनय रहेको छ। भिडियोको निर्देशन र कोरियोग्राफर करिश्मा शाही ठकुरीले गरेकी हुन्।
म्युजिक प्रालीका प्रबन्ध निर्देशक खेम सारु मगरले राजधानी भन्दा बाहिरको ठाउँमा सुटिङ्ग गर्न निकै कठिन भएको बताउँदै भिडियो निमार्णमा कुनै कमि नगरिएको बताए।
भिडियाे :
प्रतिक्रिया दिनुहोस !