दाताको लगानी शतप्रतिशत कार्यान्वयन हुनुपर्छ : मन्त्री पण्डित

दाताको लगानी शतप्रतिशत कार्यान्वयन हुनुपर्छ : मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दाताले दिएको लगानी शतप्रतिशत कार्यान्वयन हुनु पर्ने बताएका छन्। राष्ट्रिय कार्यकारी समितिको ११ औं बैठकको उद्‍घाटन गर्दै मन्त्री पण्डितले लक्ष्य र उद्देश्य अनुसार शतप्रतिशत लगानी खर्च हुनुपर्ने बताएका हुन्। उनले दातृ निकायबाट हुने लगानीको परीक्षण गरेर मात्रै अघि बढाउने बताए। 

उनले स्वेदेशी वा विदेश लगानीमा कमजोरी हुन नहुने बताए। लगानी अनुसार प्रतिफल आएमा दातृ निकायलाई पनि प्रश्न उठ्ने बताउँदै उनले भने, 'दातृ लगानीलाई सकारात्मक र परिणाममुखी बनाउन सरकार दृढ संकलपित छ।'

उनले दातृ निकाय र सरकार मिलेर काम गर्न तयार रहेको बताए। 'मिलेर काम गरौं, नेपाल र नेपालीलाई सुखी र समृद्ध बनाऔं', उनले भने। उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहयोग भएमा मात्रै मुलुकको विकास, सुशासन हुने बताए। स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले संघीयतामा सुशासनको महत्वपूर्ण भूमिका हुने बताइन्।

 
राष्ट्रिय कार्यकारी समितिको १० औं बैठकको निर्णय कार्यान्वयन अवस्थाको बारेमा संघीय मामिला मन्त्रालयका उपसचिव रेशम कँडेलले जानकारी दिए। १० अौं बैठकको निर्णय कार्यान्वयन स्थानीय तहमा फितलो रहेको उनले बताए। उनका अनुसार केन्द्रमा ९१ प्रतिशत र  जिल्ला समन्वय समितिमा १६ प्रतिशत मात्रै बेरुजी फर्स्योट भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.