‘जंगल जोगाएँ, जागिर जोगिएन’

‘जंगल जोगाएँ, जागिर जोगिएन’

सिद्धि : ५६ वर्षीय सिंहबहादुर प्रजाका भरथेगमा चलेको छ ११ जनाको परिवार। चितवनको कालिका नगरपालिका सिद्धि क्र्यालिङका प्रजा घरनजिकै वनको सुरक्षामा खटिन्छन्। तर, काम गरेबापतको तलब डेढ वर्षदेखि नपाएको उनको भनाइ छ। 

घरमा आउने जो कोहीलाई उनी नियुक्तिको कागज देखाउँछन्। आफू इलाका वन कार्यालय सिद्धिअन्तर्गत वनपालेको काम गर्दै आएको उनी सुनाउँछन्। ‘चेपाङले न्याय पाउँदैन र सर ? ’, उनले भने, ‘जंगल जोगाएँ तर जागिर जोगिएन।’ उपदान, घरबिदा, सञ्चय कोष सुविधा केही नपाएको उनको भनाइ छ।

उनले २०३३ सालमा वनपालेमा जागिर पाएका थिए। १७ वर्ष काम गरेपछि आफू बिरामी पर्दा जागिर गएको उनको भनाइ छ। ६ महिना काममा जान नसक्दा २०५० सालमा उनको जागिर गएको थियो। उनले पुनर्बहालीका लागि धेरै ठाउँ धाए तर सुनुवाइ भएन। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई २०६९ साउन २९ गते चेपाङ बस्ती आएका बेला उनले आफ्नो समस्या सुनाए। भट्टराईकै आदेशमा उनले करारमा जागिर पाए। त्यो जागिर गत साउनदेखि कटौती भए पनि उनी वन हेरचाहमै खटिएका छन्। 

आफूले तलबसँगै पेन्सन पाउनुपर्ने माग उनले गरेका छन्। पेन्सन पाए बुढेसकालमा गुजारा चलाउन सहज हुने उनको भनाइ छ। जिल्ला वन कार्यालय चितवनमा पटक–पटक गए पनि सुनुवाइ नभएको उनले सुनाए। ‘पहिला काम गर्दै जानू, तलब आउँछ भने अहिले बजेट आएन मात्र भन्छन्’, उनले भने, ‘पेन्सन बस्न पाए पनि बुढेसकालमा सहारा हुन्थ्यो तर हाम्रो बोली कसैले सुन्दैन।’ उनका नाममा ऐलानी पाँच कट्ठा जग्गा छ।

डिभिजन वन कार्यालय भरतपुरले भने उनको अभिलेख नहुँदा समस्या भएको जनाएको छ। दरबन्दी कटौती भएपछि उनको करार समाप्त भएको शाखा अधिकृत गुरुप्रसाद पौडेलले बताए। ‘९० दिनमा सम्पर्कमा नआउँदा स्वतः अवकाश हुन्छ’, उनले भने, ‘उनी डेढ वर्ष नआउँदा पहिला बर्खास्तीमा परेका हुन्। अहिले दरबन्दी कटौती भएपछि हामीले केही गर्न सक्दैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.