फुजी स्याउमा आकर्षण

फुजी स्याउमा आकर्षण

जुम्ला : स्याउ फल्ने हिमाली जिल्लामा स्याउका नयाँ बिरुवा लगाउने तयारी भइरहेको छ पुुस, माघ महिनाभित्र बिरुवा लगाइसक्ने गरी कृषकले मंसिरदेखि नै बगैंचा व्यवस्थापन गरिरहेका छन्।

नयाँ बिरुवाका लागि खाल्डा खन्ने, बगैंचामा मल, जल तथा घेरबारको व्यवस्थापन गर्ने लगाएतका कार्य भइरहेको छ। तर, कृषक पछिल्लो समय नयाँ स्याउका बिरुवाका लागि स्वदेशमा पाइने स्थानीय जातका बिरुवाभन्दा विदेशबाट आयात गर्नुपर्ने फुजी स्याउतर्फ आकर्षित भएका छन्। पहिले नेपालमै पाइने विभिन्न जातको स्याउका बिरुवा लगाउँदै आएका कृषक अहिले विदेशबाट बिरुवा माग गर्न थालेका हुन्।

यसवर्ष स्याउ फल्ने हिमाली जिल्लामध्य चार जिल्लामा मात्र करिब ६ लाख फुजी स्याउका बिरुवा विदेशबाट माग भएको छ। इटाली र स्पेनलगायतका देशबाट नेपालमा आइुग्ने फुजीका बिरुवा नेपालमा पाइनेभन्दा १० गुणा महँगो पर्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारीअनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करिब ६ लाख फुजी बिरुवा माग भएको छ।

यसमा जुम्लाका कृषकले तीन लाख, ११ हजार, चार सय २२ फुजी बिरुवा माग गरेका छन्। यस्तै कालिकोटका कृषकले एक लाख, १६ हजार, पाँच सय, मनाङका कृषकले एक लाख, ३१ हजार, ६ सय र मुस्ताङमा १५ हजार, पाँच सय बिरुवा माग गरेका छन्। 

७० प्रतिशत अनुदान

सघन स्याउ रोप्न बिरुवा आयात गरी कृषकलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रम अन्तर्गत फुजीका बिरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने भएका छन्। बाँकी ३० प्रतिशत कृषकको लगानी रहनेछ। वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले भने, ‘बिरुवा आयात गरेको ढुवानी रकम कृषकलाई निःशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रतिबिरुवा कृषकलाई चार सय २५ रुपैयाँसम्म पर्नसक्छ।’ विश्व बजारमा राम्रो सम्भावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा बिरुवा दिन लागिएको उनले बताए।

१४ हजार बगैंचा

जुम्लामा मात्र १४ हजार स्याउका बगैंचा स्थापना भएको तथ्यांक छ। जिल्लाका कुल १८ हजार घरधुरीमध्ये १४ हजार घरमा स्याउका बगैंचा स्थापना भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

जिल्लाको कुल तीन हजार ४ चार सय ५० हेक्टर जमिनमा स्याउखेती भइरहेको छ। गत वर्ष र यस वर्ष गरी जिल्लाबाट ३४ करोडभन्दा बढीको स्याउ बिक्री भएको छ। स्थानीय तहका अनुसार अबको चार वर्षभित्र स्याउखेतीका लागि जमिन भएका जिल्लाका १८ हजार घरधुरीमा नै स्याउ बगैंचा स्थापना गर्ने योजना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.