प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.१२ अंकले घटेर २५९९.६५ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ३७ वटा स्क्रिप्सको ११ हजार ६८७ कित्ता सेयर ४७ लाख १ हजार ४९० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २० वटा घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !