बलात्कारका तीनैजना अभियुक्तलाई अदालत लगियो, पीडित भन्छिन् ‘अझै ढुक्क छैन !’

बलात्कारका तीनैजना अभियुक्तलाई अदालत लगियो, पीडित भन्छिन् ‘अझै ढुक्क छैन !’

ललितपुर : ललितपुरको गोदावरी नगरपालिका गोदामचौर–१ मा भएको बलात्कार घटनामा संलग्न तीनैजना आरोपीलाई जिल्ला अदालत पाटन लगिएको छ ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार अभियुतmहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई अदालत पठाइएको हो ।

बुधबार २ः३० बजे अपराध महाशाखाको टोलीले कार्की र कुँवरलाई पक्राउ गरेको थियो । पीडित युवतीले मुख्य अभियुतm भनेकी सिलवाललाई भने डीएसपी मीश्रको टोलीले बुधबार पाँच बजेतिर मात्रै पक्राउ गरेको थियो । मिश्रका अनुसार सिलवाल आफ्नै घर छेउको धन्सार (धान राख्ने ठाउँ) मा लुकेर बसेका थिए । ‘धन्सारमा लुकेर बाहिरबाट चाबी लगाइएको थियो’ मिश्रले अन्नपुर्णसँग भने ।

तीनैजना अभियुतmलाई जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र जबजस्ती चोरी मुद्दा लगाइएको छ । सामुहिक बलात्कारपछि युवतीको मोबाइल फुटाइदिएको र पर्सबाट तीन हजार रुपैयाँ लिएको पीडित युवतीले जानकारी दिएकी छन् ।

'न्याय पाउने आश छैन'
तीनैजना अभियुतm पक्राउ परेको खबर पाउने बितिकै सामुहिक बलात्कारको शिकार भएकी २२ वर्षीया युवतीको अनुहारमा खुसी छाए पनि न्याय नपाइएला भन्ने पीर बाँकी रहेको बताएकी छन् ।

गत पुस महिनामा जघन्य खालको अपराधमा संलग्न तीनैजनालाई अदालतले साधारण तारेखमा रिहा गरिदिएपछि आफूले न्याय पाउनेमा अझै ढुक्क नरहेको बताइन् । उनले भनिन्, ‘यस्ता अपराधीलाई फाँसीको सजाय हुनुपर्ने हो । यस्तो व्यवस्था नभए पनि आजीवन जेल सजाय हुनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.