व्यापार उदारीकरणले मात्र उपभोक्ता लाभान्वित हुँदैनन् : अर्थमन्त्री

व्यापार उदारीकरणले मात्र उपभोक्ता लाभान्वित हुँदैनन् : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उत्पादनमूलक उद्योगलाई संरक्षण गरिने बताएका छन्। अर्थतन्त्र विस्तारका लागि आफ्नो उत्पादन क्षमता मजबुत हुनुपर्ने भन्दै उनले अर्थतन्त्रको विस्तार नभई व्यापार उदारीकरणले मात्र उपभोक्ताले लाभ प्राप्त गर्न नसक्ने अर्थमन्त्रीको भनाई छ।

विश्व बैंकले तयार गरेको दक्षिण एसिया क्षेत्रीय व्यापारका प्रतिवद्धतासम्बन्धी 'अ ग्लास आफ फूल' नामक प्रतिवेदन सार्वजनिक गर्दै खतिवडाले क्षेत्रीय व्यापारमा सबै देशबीच पारस्पारिक रुपमा समान सुविधा प्रदान गर्न नसकिने बताए। 'एउटै देशले क्षेत्रीय कुल गार्हस्थ उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने क्षेत्रमा पारम्पारिक सुविधाको कुरा गर्नु औचित्यपूर्ण हुँदैन', खतिवडाले भने।

उनले क्षेत्रीय र बहुपक्षीय व्यापार सम्झौता पुनरावलोकन गर्न आवश्यक रहेको बताए। बहुपक्षीय व्यापार सम्झौतामा समस्या रहेकै कारणले गर्दा अहिलेको विश्वले व्यापार युद्धको सामना गर्नुपरिरहेको अर्थमन्त्रीको भनाई थियो। 'बहुपक्षीय र क्षेत्रीय सम्झौता औचित्यपूर्ण ढंगले पुनरावलोकन गरिनुपर्छ', उनले भने ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले क्षेत्रीय व्यापार सम्झौताको ३०औं वर्षका निरन्तर अभ्यासका बाबजुद पनि क्षेत्रीय व्यापार र लगानीमा ठूलो उपलब्धि नभएको उल्लेख गरेको छ।

भन्सार र गैर-भन्सार अवरोध, यातायात सञ्जाल, सूचनाको पहुँच जस्ता कारणले क्षेत्रीय व्यापार तथा लगानीमा सघनता नरहेको उल्लेख छ।दक्षिण एसियाली देशहरुले बाँकी विश्वसँग गर्ने व्यापारको ५ प्रतिशतमात्र यस क्षेत्रका देशबीच व्यापार हुन्छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.