पर्यटक पर्खदै ललितपुरको माझखण्ड (फोटोफिचर)

पर्यटक पर्खदै ललितपुरको माझखण्ड (फोटोफिचर)

ललितपुर : दक्षिण ललितपुर हुँदै हेटौंटा पुग्ने एउटा पुरानो बाटो छ ‘कान्ति लोकपथ’। यही कान्तिलोकको प्रस्थानबिन्दु सातदोबाटो नजिकै चापागाउँ दाेबाटाेबाट २५ किलोमिटर अगाडि बढ्दा छपेली गाउँ पुगिन्छ। छपेलीबाट देखिने अग्लो चुचुरो नै माझखण्ड हो।

माझखण्ड पुगेपछि तराईको मनोरम फाँट मात्रै होइन, सुन्दर हिमालसमेत प्रष्टै देखिन्छ। तीन किलोमिटर अग्लो पहाड चढेपछि रमिते लेक पुगिन्छ। रमिते अर्को प्राकृतिक ‘भ्यू टावर’ हो। जहाँबाट तरेली परेका पहाडी श्रृंखाला, सेता कपासझै लाग्ने हुस्सुले ढाकेका टार बेसी  र गुजुक्क परेका गाउँले बस्ती देखिन्छ। 

यहाँबाट सूर्यास्त उत्तिकै राम्रो देखिन्छ भने साँझपख बाक्लो पहाडी बस्तीमा बलेका बत्तीले जमिनदेखि आकाशसम्मै झिलिमिली हुन्छ। 

यहाँ हिन्दु बौद्ध संस्कृतिका दर्जनौं पुराना अवशेष भेटिन्छन्। ६४ ज्योर्तिलिंगमध्ये एक रुद्रेश्वर महादेवको मन्दिर यही अवस्थित छ। कालेश्वर मन्दिर हुँदै जंगल सफारी गरेर माझखण्ड आउने अर्को रुट पनि छ। 

तामाङ बस्तीले ढाकिएको माझखण्डमा अनुपम बौद्ध संस्कृति देख्न सकिन्छ। बुद्ध विहार, टाँसिछोइलिङ गुम्बा यसको प्रमाण हुन्।माझखण्ड लेक पुगेपछि समथर जमिनले ढाकेका बस्ती भेटिन्छन्। यहाँका त्रिकोण परेका धुपी सल्लाले गाउँ नै सझाएको छ। खरले छाएका पुराना घरअगाडि बारीमा तोरी ढकमक्क फुल्दा माझखण्डको सुन्दरता बयान गर्नै पर्दैन। 

गाउँको सरसामान बोक्ने रोपवे आजकल बिग्रेको छ। तर कुनै पिर छैन। भर्खरै माझखण्डसम्म सडकमार्ग विस्तार भइसकेको छ। हिजोआज माझखण्डका युवा पर्यटकीय पूर्वाधार बनाउन व्यस्त छन्। 

स्थानीय गाउँले होमस्टेका लागि घर निर्माण गर्दैछन् भने डेस्टिनेशन माझखण्डले केबुलकार निर्माण गर्दैछ। कान्तिलोकपथसँग जोडिएको छपेलीबाट २.६ किलोमिटर लामो केबुलकार निर्माण प्रकृयाको अन्तिम चरणमा छ। राजधानीका व्यावसायी होटल, रिर्सोट र क्याफे खोल्न जग्गा खोज्न पुग्न थालेका छन्।

माझखण्ड गुफै गुफाको बीचमा छ। यहाँबाट नजिकै गिम्दीको चमेरे गुफा, प्युटारको नाग गुफा, काभ्रे क्षेत्रमा पर्ने महादेव गुफा अवलोकन गर्न सकिन्छ। 

सातदोबाटोबाट माझखण्ड पुग्ने बाटो 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.