नेकपामा महिला सदस्य थप्न प्रस्ताव

नेकपामा महिला सदस्य थप्न प्रस्ताव

काठमाडौं : सत्तारुढ नेकपामा केन्द्रीय कमिटीको संख्या बढाउनुपर्ने माग आएको छ । एमाले–माओवादी एकतापछि ४ सय ४१ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको साझा दस्तावेजमाथि फरक प्रस्ताव राख्दै सचिवालय सदस्य वामदेम गौतमले संख्या बढाउन माग गरेका हुन् । हालको केन्द्रीय कमिटीमा ७७ जना थपी ५ सय ११ सदस्यीय बनाउनुपर्ने उनको प्रस्ताव छ । यसरी थपिनेमा महिला हुनुपर्ने पनि उनको प्रस्तावमा छ ।

राजनीतिक दल दर्तासम्बन्धी कानुनमा दलले पार्टीका सबै तहमा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने उल्लेख छ । तर नेकपा केन्द्रीय कमिटीमा ७२ जना मात्रै महिला छन् । यो १७ प्रतिशत हो । गौतमले केन्द्रीय कमिटीअन्तर्गतका संरचना परिवर्तनको माग गरेका छन् ।

गौतमले पोलिटब्युरो १ सय ७१, स्थायी कमिटी ५७ र केन्द्रीय सचिवालय १९ जनाको बनाउन प्रस्ताव गरेका छन् । नेकपामा पोलिटब्युरो गठन भएको छैन । स्थायी कमिटी ४५ जनाको छ भने सचिवालय ९ जनाको । गौतमको प्रस्ताव जारी स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

‘अध्यक्षद्वयको प्रस्तावसँगै उहाँ (गौतम) को फरक मतमा पनि छलफल हुन्छ’, स्थायी कमिटीका एक सदस्यले भने, ‘गौतमको संगठनात्मक आकार बढाउने प्रस्ताव स्थायी कमिटीले सही ठह¥यायो भने बढ्न सक्छ ।’

केन्द्रीय सदस्यको कार्यविभाजनमा पनि बेग्लै प्रस्ताव

गौतमले पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनमा पनि छुट्टै प्रस्ताव गरेका छन् । प्रत्येक जिल्लामा एक जना इन्चार्जका दरले ७७, १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा २ जनाका दरले ६८, २ वा त्यसभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४३ जिल्लामा एउटा निर्वाचन क्षेत्रमा एकका दरले १ सय ३१ जनागरी जम्मा १ सय ९९ जना केन्द्रीय सदस्यलाई अनुगमनकर्ताका रूपमा तोक्न गौतमले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.