राजधानीमै ट्याक्सी चालकमाथि हानियो छुरा, देब्रे आँखा ‘फुट्यो’

राजधानीमै ट्याक्सी चालकमाथि हानियो छुरा, देब्रे आँखा ‘फुट्यो’

काठमाडौँ : दुईजना लुटेराले मंगलबार राति एकजना ट्याक्सी चालकमाथि आक्रमण गरेर लुटपाट गरेका छन् । ललितपुरको दमकल नजिकैबाट विरामीको बहानामा अस्पताल लगिदिन भन्दै चढेका दुई लुटेरले बा१ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कामाथि छुरा हानेर लुटपाट गरेका हुन् ।

दमकल चोकबाट अस्पताल जाने भन्दै ट्याक्सी चढेका लागू औषध दुव्र्यसनी जस्ता देखिने दुई लुटेराले बालकुमारीको झोलुङ्गे पुल नजिक पुगेपछि चालकमाथि छुरा हानेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए । लुटेरा युवाले पछाडिको सिटबाट एक्कासी छुरा हान्दा चालक खड्काको देब्रे आँखामा गहिरो चोट लागेको छ । 

विरामी भएको भन्दै काठमाडौंको शंखमुल जाने बहानामा चढेका उनीहरुले बालकुमारी पुलबाट करिडोर हुँदै केही पर सुनसान स्थानमा पुगेपछि चालक खड्कामाथि पछाडिबाट धारिलो हतियारले हानेका थिए । 

एसपी खनालका अनुसार करिब २५ वर्षीय कालो वर्ण र ३५ वर्षीय गोरो वर्णका दारी पालेका व्यक्तिमध्ये एकले छुरा हानेर लुटपाट गरेको जानकारी चालकले बताएका छन् । छुरा हानेपछि उनीहरुले चालकबाट ६ हजार रुपैयाँ र एउटा मोबाइल फोन लगेको जानकारी चालकले दिएका छन ।

छुरा प्रहार गरिँदा खड्काको देब्रे आँखा फुटेको छ । लुटेराले छुरासँगै हानेको लाठी प्रहरीले घटनास्थलबाट बरामद गरेको छ । सिरहा घर भइ हाल ललितपुरको भैंसेपाटीमा बस्दै आएका चालक खड्का ललितपुर एरियामै ट्याक्सी चलाउँथे । 

प्रहरीले उनलाई पाटन अस्पतालमा प्राथमिक उपचार गराएपछि थप उपचारका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पु¥याएको छ । एसपी खनालका अनुसार घटनाको अनुसन्धान भइरहेको तर लुटेराको पहिचान हुन सकेको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.