नागरिकता किर्ते गर्ने ६ जना प्रहरीको फन्दामा
![नागरिकता किर्ते गर्ने ६ जना प्रहरीको फन्दामा](https://annapurnapost.prixacdn.net/media/albums/arrested-symbolic-pic_20180718061706_gMbkl26faF.jpg)
विराटनगर : मोरङको जहदा गाउँपालिका- २ बाट नागरिकता किर्ते मुद्धाका फरार ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला अदालत मोरङले दोषी ठहर गरेको साढे चार वर्षपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जहदा २ का २८ वर्षीय रामपृत साह, ५५ वर्षीय पञ्चु साह, ६५ वर्षीय सूर्यनारायण साह तेली, ५५ वर्षीय डोमी पासवान, ३५ वर्षीय श्रवणकुमार साह र ४५ वर्षीय रविलाल मण्डल रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार आफ्नै घर गाउँमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।
सबैलाई जिल्ला अदालत मोरङले २०७१ साल साउन १६ गते 'किर्ते नागरिकता' मुद्धामा जनही २५÷२५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतको फैसलायता सबै फरार थिए। पक्राउ परेकालाई प्रहरीले जरिवाना असुलका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)