चार घण्टामै नियम फिर्ता

चार घण्टामै नियम फिर्ता

वीरगन्ज : वीरगन्ज भन्सार नाकाले तस्करी रोक्न बुधबार बिहानदेखि साना सवारी साधन जाँचमा लगाएको नियम चार घण्टा नबित्दै हटाएको छ। भारतको रक्सौलबाट यात्रु बोकेर आउने निजी तथा भाडाका साना सवारी साधनबाट तस्करी बढेको भन्दै भन्सार कार्यालयले सूचना टाँस गरेर बुधबारदेखि भन्सार जाँचमा थिति बसाएको थियो।

भन्सार कार्यालयका प्रमुख श्यामप्रसाद भण्डारीको निर्देशनमा बुधबार बिहान १० बजेदेखि यो नियम लागू भएको थियो। सशस्त्र प्रहरीले रक्सौलबाट आएका ईरिक्सा, टाँगा, टेम्पु र निजी सवारीसाधनबाट यात्रुलाई उतारी दुई सय मिटर पैदल हिँडाएर जाँच गरेको थियो। तर, भन्सारले लगाएको नियमबाट यात्रुहरूलाई सास्ती मात्र भएको भन्दै संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताले नाकामै पुगेर नारबाजी र प्रदर्शन गरेका थिए। पछि भन्सार कार्यालयले दिउँसो २ बजेदेखि उक्त नियम हटाएको हो।

फोरमका नेता कार्यकर्ताले भन्सार गेटै अगाडि भन्सारप्रमुख भण्डारी र सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले भन्सार कार्यालय अगाडिको सडक एक घण्टा अवरुद्ध पनि पारेका थिए। तस्कारी रोक्ने निहुँमा ल्याइएको नियमले यात्रुलाई सकस परेको भन्दै उक्त नियम तत्काल हटाउन मागेका फोरमले माग गरेको थियो। प्रदर्शनको अगुवाइ गरेका फोरम नेपालका नगरअध्यक्ष ईश्वर यादवले भने, ‘तस्करी नै रोक्न चाहने हो भने अरू पनि विकल्प छन्, सर्वसाधरणलाई सास्ती दिएर केही हुनेवाला छैन।’

नाराबाजीले चर्को रूप लिएपछि भन्सारप्रमुख भण्डारीले प्रदर्शनकारीलाई वार्तामा बोलाएका थिए। यसखाले नियम विराटनगर, मेचीलगायत अन्य भन्सार नाकामा पनि लागू गरिएको भन्दै उनले भने, ‘तस्करी रोक्ने उद्देश्यले मात्र यो नियम यहाँ पनि लागू गर्न खोजेको हुँ, नियम हटाइँदा तस्करलाई भने प्र श्रय पुग्ने निश्चित छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.