कांग्रेस बैठक अन्योल : चार घण्टासम्म मञ्च समेत बनेन

कांग्रेस बैठक अन्योल : चार घण्टासम्म मञ्च समेत बनेन

काठमाडाैं : नेपाली कांग्रेसको जारी महसमिति बैठकको बिहीबार बिहान ९ बजे बस्ने भनिएको बन्द सत्र अझै सुरु हुन सकेको छैन ।

विधान मस्यौदामा सहमति जुट्न नसक्दा बैठक सुरु हुन नसकेको हो । बैठकको लागि मञ्च समेत बनाइएको छैन । नेताहरु अझै अनौपचारिक छलफलमै अलमलिएका छन् ।

यसअघि विधानमा सहमति जुटेको भनिए पनि केन्द्रीय समितिमा विवाद उठेपछि बैठक फेरि स्थगित भएको हो । यसकै कारण कांग्रेस बैठक दुई दिन लम्बिएको छ ।

यसअघि सिंहदरबारस्थित पार्टी प्यालेसमा बसेको बैठक आज भने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी थियो । पूर्वनिर्धारित भन्दा ५४ घण्टा ढिलो भइसक्दा समेत न बैठक बस्ने तरखर छ, न त मञ्च निर्माण नै गरिएको छ ।

प्रवक्ताले भने ‘केही बेरमा बैठक सुरु हुन्छ’
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले भने पत्रकार सम्मेलन गर्दै केही बेरमै केन्द्रीय कार्यसमिति बैठक सुरु हुने जानकारी दिएका छन् । नेताहरु सहमति नजिक पुगेको भन्दै अबको केही बेरमा बैठक बस्ने उनले बताए । बैठकपछि बन्द सत्र सुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.