प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्छ : सभापति देउवा

प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्छ : सभापति देउवा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन्। बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले अहिलको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत् कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका हुन्।

समावेशीताको विषयमा नपुगेका कुराहरूलाई पूरा गर्नका लागि कांग्रेस प्रतिवद्ध रहेको उनले बताए। सभापति देउवाले सम्पूर्ण नेपालीहरूलाई समावेश गराउने गरि नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गरे ।  ३३ प्रतिशत महिलाको आरक्षण संसारमा थोरै देशमा मात्रै भएको उनको भनाइ छ ।

उनले अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गरे। कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीलाई एकतावद्ध र बलियो बनाउँदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.