कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

सन्धिखर्क : दुई साताअघि अर्घाखाँचीको डिभर्नामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले एक जनालाई पक्राउ गरेको छ।

सन्धिखर्क ११, डिभर्ना अमिलेकी मिना सेजवालको आफ्नै श्रीमान् कृष्णबहादुर सेजवालको निर्घात कुटपिटबाट मृत्यु भएको मृतक मिनाकी दिदी कमला भुसालको किटानी जाहेरीपछि प्रहरीले सेजवाललाई पक्राउ गरेको हो। मृतक मिनाको गत मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो।

कमलाले दिएको जाहेरीको आधारमा आरोपित कृष्णबहादुर सेजवाललाई आइतबार राति पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

पहिलादेखि नै कुटपिट गर्दै आएको र कुटपिटबाटै उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्। दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माइतीपक्षको माग छ।

दुई जनाबीच पहिलेदेखिनै पटक पटक झगडा हुँदै आएको र गाँउलेहरूले मेलमिलाप गराउने गरेको स्थानीयहरूले बताएका छन्। शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेपछि अन्तिम दाह संस्कार पनि गरिसकिएको छ। 

वडाध्यक्षको संलग्नता रहेको स्टाटस लेख्ने युवक पक्राउ

घटनाका दोषीलाई राजनीतिक दल तथा वडाध्यक्ष ध्रुव आचार्यको संरक्षण रहेको भनेर सामाजिक सञ्जालमा लेखेको भन्दै अर्घाखाँचीका एक युवा काठमाडौंमा पक्राउ परेका छन्।

वडाध्यक्ष आचार्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आफू घटनाबारे अनभिज्ञ रहेको तर आफ्नो नाम र पद समेत जोडेर सचिन पाण्डेले सामाजिक संजालमा मानहानी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

वडाध्यक्ष आचार्यले दिएको जाहेरीको आधारमा अर्घाखाँची जिल्ला छत्रदेव ८ अर्घातोषका सचिन पाण्डेलाई  काठमाडौंबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.