धान उत्पादन अहिलेसम्मकै बढी

धान उत्पादन अहिलेसम्मकै बढी

काठमाडाैं : आर्थिक वर्ष २०७५/७६ मा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार यस वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष ५१ लाख ५२ हजार टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा झण्डै ९ प्रतिशतले उत्पादन बढेको छ । यो वर्ष १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । यो वर्ष औसतमा प्रतिहेक्टरमा ३.७६ टन धान उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर उत्पादनमा ३.५१ टन  थियो ।

सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा भएको छ । अन्नभण्डार भनेर चिनिने तराईका जिल्ला रहेको प्रदेश २ मा १४ लाख ९५ हजार टन धान उत्पादन भएको छ । यस्तै प्रदेश १ मा १२ लाख ३८ हजार टन र प्रदेश ५ मा ११ लाख ८९ हजार टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

कृषिबालीमध्ये कुल गार्हस्थ उत्पादनमा धानको सबैभन्दा ठूलो योगदान छ । धानले कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २३ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा झण्डै ६ प्रतिशतको हाराहारीमा योगदान पु¥याउँछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.