रुकुममा स्थानीय पाठ्यक्रम

रुकुममा स्थानीय पाठ्यक्रम

रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आफ्नै पाठ्यक्रम बनाएको छ। गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा नेपाल जनजागरण मञ्चले बाँफिकोट गाउँपालिकासँग सहकार्य गरेर पर्यटनसम्बन्धी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक बनाएको हो।

गाउँपालिकामार्फत वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर केसीको संयोजकत्वमा सात सदस्यीय पाठ्यक्रम निर्माण समिति र स्थानीय बुद्धिजीवी कमलप्रसाद देवकोटाको संयोजकत्वमा तीन सदस्यीय पाठ्यक्रम लेखन तथा मस्यौदा निर्माण उपसमिति गठन गरिएको थियो। कार्यपालिका तथा गाउँ शिक्षा समितिमार्फत अनुमोदन गराएर पाठ्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए।

पाठ्यक्रममा प्राकृतिक पर्यटन, धार्मिक पर्यटन, वातावरण संरक्षण र जलवायु परिवर्तन गरी चारवटा विषय समावेश गरिएको छ। ‘झन्डै दुई महिना लगाएर पाठ्यक्रम निर्माण सकिएको छ’, पाठ्यक्रम लेखन तथा मस्यौदा निर्माण उपसमिति सदस्य गोपाल केसीले भने, ‘अब चाँडै उक्त पाठ्यक्रमअनुसार पाठ्यपस्तक तयार भएर पठनपाठन सुरु हुन्छ।’

स्यार्पूताल माविमा परीक्षणका रूपमा यो पाठ्यक्रमअनुसार पठनपाठन गरिने गाउँपालिकाले बताएको छ। कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि उनीहरूको नियमित पाठ्यभारमा असर नपर्नेगरी हरेक साता एक घण्टी पढाउने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.