कमलामाई नगरमा पनि सुत्केरी पशुका लागि भत्ता सुरु

कमलामाई नगरमा पनि सुत्केरी पशुका लागि भत्ता सुरु

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाभित्र सुत्केरी गाई भैँसीको लागि सुत्केरी भत्ता दिन थालेको छ ।

नगरका किसानहरुलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले सुत्केरी पशुका लागि भत्ता दिन सुरु गरीएको कमलामाई नगरपालिकाले जनाएको हो । नगर क्षेत्रभित्रका किसानले पालेका गाई र भैँसी सुत्केरी हुँदा भत्ता स्वरुप एक हजार रुपैयाँ भत्ता दिन थालिएको नगरपालिकाका पशु चिकित्सक हरिहर लामिछानेले जानकारी दिए ।

यो रकम सुत्केरी पशुलाई त्यस अवधिमा खाद्यान्नको लागि भएको बताइएको छ । नगरपालिकाले भत्ताको लागि किसानहरुबाट गत मंसिर १ गतेदेखि नै निवेदन सङ्कलन सुरु गरेको पनि बताइएको छ ।

अहिलेसम्म वडा कार्यालयको सिफारिसका आधारमा नगरभित्रका २८ जना किसानले मात्रै भत्ताको दावी गर्दै निवेदन दर्ता गराएका छन् । नगरपालिकाका अनुसार सुत्करी भत्ता लिन किसानले वडा कार्यालयको सिफारिसमा पशुधनी र ब्याएको गाई–भैँसीको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपिसहितको निवेदन नगरपालिकामा दर्ता गर्नुपर्ने हुन्छ ।

यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित किसानले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न बाहेक अन्य कामको लागि खर्च गर्न पाउँदैनन् । जिल्लाको कमलामाई नगरपालिका पशु पालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । यहाँको भद्रकाली, जलकन्या, डाँडीगुराँसे, रानीचुरी, रानीवास लगायत वडालाई व्यावसायिक पशुपालनको लागि पकेटक्षेत्र बनाउने तयारी सरोकारवालाहरुको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.