हिउँले खुट्टा खायो

हिउँले खुट्टा खायो

डोल्पा : जगदुल्ला गाउँपालिका ६ की ५२ वर्षीया जया रोकायाको जडिबुटी खन्न गएको बेलामा हिउँले खुट्टा खाएको छ। जुम्लाको क्षेत्रमा पर्ने चौधविसको वनमा जडिबुटी खन्न गएको बेलामा हिउँ परेपछि उनको खुट्टा पूरै हिउँले खाएको रिमी स्वास्थ्य चौकीले जानकारी दिएको छ। 

एक साता पहिले परेको हिउँले रोकायाको खुट्टा खाएको र सँगै गएका आफन्त र अन्य व्यक्तिको सहयोगमा उनलाई घर  ल्याएको स्थानीय धनवीर रोकायले जानकारी दिए। उनको हाल दैनिक स्वास्थ्या चौकीमा उपचार भैइरहेको एनएम रुपीकुमारी ऐडीले जानकारी दिइन्।

रोकायाको खुट्टाको छाला पूरै गएको छ। नसामा खासै ठूलो समस्या नभए पनि थप उपचारका लागि अन्त लैजानुपर्ने चिकित्सकले सुझाब दिएका छन्। सेतक चिनी,जटामसीलगायतका जडिबुटी खनेरै आम्दानी भएको पैसाले दैनिकी चलाउँदै आएका यस क्षेत्रका अधिकांश मानिस यो समयमा जटिबुटी खन्न व्यस्त हुन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.