सिन्धुलीमा शव बोकेको ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

सिन्धुलीमा शव बोकेको ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

सिन्धुली : पोष्टमार्टम गरी घरतर्फ शव बोकेर जाँदै गरेको ट्याक्टर सिन्धुलीमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। भीरबाट लडेर मृत्यु भएका सुनकोसी गाउँपालिका ४ भोर्लेनी सिन्धुलीका ३१ वर्षीय अशोक रानामगरको शव सिन्धुली अस्पतालबाट पोष्टमार्टम गरी घरतर्फ लैजाँदै गरेको लु २ त १७२९ नम्बरको ट्याक्टर कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङस्थित वीपी राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टरका सहचालक सुनकोसी गाउँपालिका ४ लखनपुर बस्ने १७ वर्षीय रामजी किङ्रीङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो। गत शनिबार भीरबाट लडेर मृत्यु भएका रानामगरको शव पोष्टमार्टमका लागि आइतबार सिन्धुली अस्पताल ल्याइएको थियो ।

सोमबार पोष्टमार्टम गरी फर्कने क्रममा ट्याक्टर सडकको नालामा दुर्घटना हुँदा गम्भीर घाइते सहचालक मगरलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको सिन्धुली प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए। 

मृतक सह-चालक मगरको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।  ट्याक्टर र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.