१२ वर्षमै आमा बन्दा...

१२ वर्षमै आमा बन्दा...

राममाया : घुटुघुटु पिएर खा। उठछेस् की ?
गंगामाया : सके पो उठ्नु ?

नातिनी जन्माएकी बाह्र वर्षीया छोरीलाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया। तीन दिन अघि छोरी गंगामायाले नातिनी जन्माइन्। बज्यै बनेकोमा खुशी छन्। कलिलै उमेरमा सन्तान जन्माएकी छोरीको हेरचाहमा उनी जुटेकी छन्।

मकवानपुर, राक्सिराङ गाउँपालिका–७ मा घर छ उनको। ‘काठमाडैांबाट पन्ध्र सय रुपैयाँ बस भाडा लाग्छ’, नातिनी खेलाउँदै राममायाले भनिन, ‘मैले सत्र वर्षमा छोरा जन्माएँ। छोरीले बाह्र वर्षमै छोरी जन्माइ।’

पुस १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ।

चार कक्षासम्म पढेकी गंगामाया छोरीलाई हेर्छिन्। मुसार्छिन्। आफैं लजाउँछिन्। मुस्काउँछिन्। शल्यक्रिया गरी शिशु जन्माएका कारण उनलाई उठ्न समेत सकस छ। ‘दूध खुवाउन सकेकी छैन। आमाको दूध खान नसकुन्जेल दूधदानीमा यै (सेरलेक्स) खुवाउने हो’, राममायाले भनिन्। सुत्केरी गंगामायाले भने हर्लिक्स र जाउलो खान थालेकी छन्।

परोपकार प्रसुति गृहको क्याबिन नं ५ मा बालिका गंगामायाले शिशु जन्माएपछि सोध्दै जानेहरू बढेपछि नर्सहरू पनि हैरान छन्। ‘यति सानो उमेरमा बच्चा जन्माएको देखेर हामीलाई आश्चर्य लाग्यो। अहिले आगन्तुकहरू आउन थालेपछि क्याबिनमा लैजान अप्ठेरो भएको छ’, एक नर्सले भनिन्।

उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचार गर्न चासो देखायो।

‘जीवन जोखिममा पर्ने स्थिति थियो। बालिका र नवजात शिशुको जीवन संकटमा पर्ने अवस्था देखेपछि उद्धार गरी काठमाडौं ल्याइएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।

गंगामायालाई एम्बुलेन्समा ल्याई परोपकार प्रसूति गृहमा भर्ना गरिएको थियो। भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए।

गरिबीका कारण चार कक्षा पढ्दा पढ्दै स्कुल जान छाडेकी गंगामाया घाँस काट्ने र बाख्रा चराउने काम गर्थिन। गत माघ ७ गते मामाघर गएकी गंगामाया फर्केर आइनन्। १९ वर्षिय रन्जित प्रजाले फकाएपछि उनी कसैलाई थाहा नदिइ भागिन। ‘टीकाटालो भइ सकेछ। बल्ल हामीले थाहा पायौं। छोरा छोरीमाथि बाबुआमको मायाजाल मात्र हो’, राममायाले स्मरण गरिन्।

२० वर्षभन्दा सानो उमेरमा विवाह गर्न नपाइने कानुनी प्रावधान छ। तर, परिवारले मान्यता दिए। केही दिनपछि श्रीमान् रञ्जितले वेवास्ता गर्न सुरु गरे। श्रीमान्को अर्कै पत्नी भएको उनले थाहा पाइन्। आफू दोस्री भएको थाहा पाएपछि दुखित हुँदै माइती फर्किन।

गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा कलिलैमा विहे गर्ने र समय नपुग्दै आमा बन्ने क्रम अहिले पनि छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.