दोलखामा मिनी टिपर दुर्घटना : एकको मृत्यु, तीन घाइते
दोलखा : दोलखाको विगु गाउँपालिकामा मिनी टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।
दुर्घटनामा विगु गाउँपालिका ६, आलम्पुका ३० वर्षीय टहलबहादुर थामीको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनामा चालक विगु गाउँपालिका ५, चिलंखाका २९ वर्षीय जयराम गुरुङ, ट्रिपरमा सवार विगु ६, आलम्पुका २३ वर्षीय सन्तबहादुर थामी र सोही स्थानका २५ वर्षीय लालकुमार थामी घाईते भएको दोलखा प्रहरीले जनाएको छ।
घाइते तिनै जनाको सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
विगु गाउँपालिका ५, चिलंखा स्याँखुबाट सिंगटीतर्फ आउन लागेको बा ५ ख २६६२ नम्वरको ट्रिपर दुसिडाँडामा दुर्घटना भएको हो।
ढुंगा लोड गरिएको मिनी टिपर उकालोमा चिप्लिएर दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस !