जुम्लामा दोस्रो पटक हिमपात, किसान खुसी
जुम्ला : जुम्लामा आइतबर रातिदेखि पुन: दोस्रो पटक हिमपात भएको छ। जिल्लाका उच्च भू-भागमा करिब १ फिट र मध्य भागमा चार इन्च जति हिउँ परेको छ। भारी हिमपातका कारण चिसोले यहाँको जनजीवन कष्टकर भएको छ।बाक्लो हिमपात भएपछि किसान भने खुसी भएका छन् ।
हिमपातसँगै चिसोले यहाँको जनजीबन कष्टकर भएपनि यतिखेरको हिउँले स्याउका बिरुवा तथा हिउँदे बालिमा फाइदा पुग्ने भन्दै किसान खुसी भएका हुन्। हिँउमा धेरै नखेल्न तथा बालबालिका र वृद्धवृद्धालाई चिसोबाट सुरक्षित रहन चिकित्सकको आग्रह छ। कृषि विज्ञ बालकराम देबकोटाले हिउँ संकलन गरेर हिँउ पोखरीमा जम्मा गर्न अनुरोध गरेका छन्।
हावापानी फिल्ड कार्यालयका अनुसार जिल्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलब पाँच डिग्री सेल्सियसमा झरेको छ।


प्रतिक्रिया दिनुहोस !