खप्तड गोल्डकप : उद्‍घाटन खेलमै बाहिरियो आयोजक

खप्तड गोल्डकप : उद्‍घाटन खेलमै बाहिरियो आयोजक

धनगढी : गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मेची नेत्रालय काकडभीत्ता ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम ११ क्लबलाई पराजित गरेको छ। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा काकडभीत्ताले ७-६ को जित दर्ता गर्‍यो।

धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन। खेलको दशौं मिनेटमा नै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए।

२३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको राम्रो प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गियो। दोस्रो हाफको पाँचौ मिनेटमा चेतन थारुले गरेको प्रहारलाई गोलरक्षक दीपले बचाए। नवौं मिनेटमा भुषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन।

खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन्। सडन डेथमा विदेशी खेलाडि लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो। त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट रोके। दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए। 

सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतन कुमार थारुले गोल गरे। काकडभीत्ताका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे। कप्तान खामिर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काकडभीत्ताका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए। उनले १० हजार रुपैयाँ हात पारे । विजयी टोलीका प्रशिक्षक कर्ण थापामगरले प्रशिक्षणको समय नपाउँदा खेलाडीमा समन्वय नभएको बताए। 'हामीले अधिकांश समय दबावमा रहेपनि जित दर्ता गर्‍यौं। 

प्रशिक्षणको समय नपाउँदा टोलीमा समन्वयको कमि देखियो। अब तीन दिन समय पाएका छौं, प्रशिक्षणमा मिहिनेत गरेर अर्को खेलको लागि तयार हुनेछौं,' उनले भने। त्यसअघि प्रतियोगिताको उद्‍घाटन प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए। विजेता टोली काकडभीत्ताले अब पुष २८ गते एपीएफकोसामना गर्नेछ। प्रतियोगिता अन्तर्गत बुधबारको खेल नेपाल पुलिस क्लब र मोरङ-११ बीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.