गाउँपालिका केन्द्र विवाद सिंहदरबारमा

गाउँपालिका केन्द्र विवाद सिंहदरबारमा

जाजरकोट : गाउँपालिका केन्द्र मिलाइदिन भन्दै जाजरकोटको एक गाउँपापालिकाका जनप्रतिनिधि सिंहदरबार पुगेका छन्। निर्वाचित भएकोे डेढ वर्षसम्म पनि गाउँपालिकाको केन्द्र विवाद मिलाउन नसकेपछि जुनीचाँदे गाउँपालिकाका जनप्रतिनिधि र दलका नेताहरू काठमाडौं नै पुगेका छन्।

आफूले भनेको ठाउँमा केन्द्र हुनुपर्ने भन्दै दुई खेमामा विभाजित जनप्रतिनिधि र दलका नेताहरू काठमाडौंमै गएर पनि विवाद गर्न थालेका छन्। जाजरकोटबाट निर्वाचित सांसद तथा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको कार्यकक्षमा दुई–तीन पटक बैठक गरे पनि सहमति हुन नसकेको कांग्रेस जाजरकोटका उपसभापति तथा स्थानीय सर्पराज रावतले बताए।

काठमाडौंमा भएका जाजरकोटका सांसद, दलका नेता र स्थानीय तहका जनप्रतिनिधिहरूले तीन दिनदेखि पहल गरे पनि केन्द्र विवाद मिल्न सकेको छैन। स्थानीय तह घोषणा गर्दा सरकारले जुनीचाँदे गाउँपालिकाको केन्द्र सानाखोला तोकेको थियो। सरकारले सुरुमा तोकेकै ठाउँमा गाउँपालिका केन्द्र हुनुपर्ने एकथरी जनप्रतिनिधिको माग छ भने गाउँसभाको बहुमतको आधारमा केन्द्र हुनुपर्ने अर्काे पक्षले बताएको छ। चुनाव सकिएको ६ महिनाभित्र गाँउपालिकाको केन्द्र तोकिए गाउँसभाको सामान्य बहुमतले निर्णय गर्न सकिने प्रावधान छ।

विवाद देखिएपछि वनमन्त्री बस्नेतले संघीय संसद्को चुनावमा मतदाता प्रभावित हुने भन्दै तत्काल निर्णय नगर्न निर्देशन दिएपछि केन्द्र तोक्ने निर्णय पछि सरेको हो।

६ महिना बितेपछि दुईतिहाइ मत आवश्यक पर्नेमा उक्त संख्या कतै नपुगेपछि विवाद चुलिँदै गएको हो। ‘चुनावलगत्तै निर्णय गर्न दिएको भए सामान्य बहुमतले निर्णय गर्ने थियौं, तर मन्त्री बस्नेतले आफ्नो चुनाव प्रभावित हुने भन्दै निर्णय गर्न नदिएपछि समस्या बल्झिएको वडा ५ का अध्यक्ष राजबहादुर शाहीले बताए।

गाउँपालिका केन्द्र विवादका कारण डेढवर्ष देखि कर्मचारीहरू गाउँ जान सकेका छैनन्। कर्मचारीहरूले खलंगाबाटै काम गरिहेका छन् भने स्थानीयहरू सानो कामका लागि पनि सदरमुकाम आउन बाध्य छन्। गाउँपालिका केन्द्रको विषयमा सत्तारुढ नेकपाका जनप्रतिनिधि र दलका नेताहरू नै विभाजित भएका हुन्। गाउँपालिकाका अध्यक्षलगायत केही जनप्रतिनिधिले गाउँसभाको बहुमत निर्णयबाट लुवादहमा केन्द्र राख्ने निर्णय भएकोले सोहि निर्णय सवैले मान्नुपर्ने बताउदै आएका छन्। उनीहरू कुनै पनि हालतमा लुवादहभन्दा अन्त केन्द्र तोकिए मान्य नहुने बताउछन्।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले गत वैशाख ३० गतेको विशेष गाउँसभाको बैठकको बहुमतले लुवादह हुनुपर्ने निर्णय गरेको जानकारी दिए। पूर्वएमालेकै नेताहरूले बहुमतको निर्णय नमान्ने चेष्टा गरेको र आफू कुनै पनि हालतमा लुहादहबाहेक अन्त केन्द्र लिन नदिने अडानमा रहेको आरोप लगाए। पूर्वएमालेबाट गाउँपालिकाको ९ नम्बर वडामा निर्वाचित वडाध्यक्ष रामबहादुर शाहीले लुवादह केन्द्र राख्नेबारे बहुमतको निर्णय भनेर गलत प्रचार गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.