दाम्लोमा बाँधिएका बालकलाई काठमाडौं लगियो

दाम्लोमा बाँधिएका बालकलाई काठमाडौं लगियो

फिदिम : आमा शिला चेम्जोङले दोस्रो विवाह गरेपछि दाम्लोमा बाँधिएका मिल्लाजुङ-५ कुरुम्बाका पाँच वर्षीय बालक मित्रहाङ सम्बाहम्फेको थप उपचार र रेखदेखको लागि काठमाडौं लागिएको छ।

 ‘आमाले छाडेपछि दाम्लोमा’ शीर्षकमा अन्नपूर्ण पोस्ट्मा समाचार छापिएपछि मित्रहाङको उपचारका लागि धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारमा लगिएको थियो।

समाचार छापिएपछि सामाजिक अभियन्ता खुसी राईको सक्रियतामा मित्रहाङलाई उपचारका लागि घोपा लगिएको थियो। बोल्न नसक्ने र चिच्याउने मित्रहाङको घोपामा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको हो। अभियान्ता राई आफै विराटनगर आएर मित्रहाङलाई काठमाडौं लगेकी हुन्। घोपाकामा चिकित्सक अरुणकुमार सिंह मित्रहाङको उपचारमा खटिएका थिए।

उपचार सम्भव नहुने भएपछि उनको थेरापीसहित खान र बस्ने व्यवस्था गरी मित्रहाङलाई काठमाडौं लागिएको हो। नयाँ जीवन नेपाल नामक संस्थामा मित्रहाङको रेखदेख गर्ने व्यवस्था मिलाइएको राईले बताइन्। ‘मित्रहाङको रेखदेख गरेबापत मासिक २० हजार रुपैँया संस्थालाई बुझाउने सहमति भएको छ’, राईले भनिन्,‘मित्रहाङलाई खान र बस्न पनि व्यवस्था गरिएको छ।’

मित्रहाङको उपचार र रेखदेखका लागि आवश्यक रकम जुटाउन राईले फेसबुकमा रकम संकलन अभियान चलाएकी थिइन्। मित्रहाङकी आमाले दोस्रो विवाह गरेपछि नातिको मानसिक सन्तुलन ठिक नभएको र हेरचार गर्ने कोही नभएको भन्दै हाजुरबा भुवनसिंह र हजुरआमा थिथुङ्मा सम्बाहम्फेले बाँधेर राखेका थिए। उनलाई बाँधेकै ठाँउमा चिसो भात खान दिने गरिएको थियो। घरको आर्थिक अवस्था कमजोर भएपछि मित्रहाङका बुवा लामो समयदेखि बैदेशिक रोजगारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.