ईपीजी प्रतिवेदन बुझ्नकालागि भारत सकारात्मक : मन्त्री ज्ञवाली

ईपीजी प्रतिवेदन बुझ्नकालागि भारत सकारात्मक : मन्त्री ज्ञवाली

नयाँ दिल्ली : नेपाल–भारत प्रबुद्ध ब्यक्ति समुह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्न भारत सकारात्मक बनेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। छ महिनाअघि तयार प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नभएको भन्दै नबुझ्दा प्रतिवेदन अलपत्र परेको छ।

नयाँदिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकारसम्मेलनमा भारतीय पत्रकारहरुको जिज्ञासमा मन्त्री ज्ञवालीले यस्तो धारणा बताएका हुन्। विहिबार विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा प्रतिवेदनको विषयमा छलफल भएको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले भने,‘दुई मुलुकको संयुक्त समझदारीमा बनेको प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यावन्यन तहमा लैजान भारत सकारात्मक बनेको छ। नेपाल यसमा पहिले देखि नै सकारात्मक छ।’

परराष्ट्रमन्त्री ज्ञवालीले प्रतिवेदन भारतको राजनीतिक नेतृत्वले कहिले बुझ्ने स्पष्ट पार्न भने सकेनन। ‘ठयाक्कै मिति भन्न सक्तिन। तर भारतले अव प्रतिवेदन बुझ्नेमा म ढुक्क छु,’ उनले भने। प्रतिवेदन बुझ्न भारत तयार नरहेको समाचार बाहिरिएको र प्रतिवेदनको हस्तान्तरणमा अन्यौलता थपिदै गएको सन्दर्भमा भारतीय पत्रकारहरुको जिज्ञासा स्पष्ट पार्दै मन्त्री ज्ञवालीले यस्तो जवाफ दिएका थिए।

नेपाल र भारतका ८ प्रबुद्ध ब्यक्तिहरुले तयार प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि नेपाली प्रधानमन्त्रीलाई बुझाउने निर्णय भएको थियो। सोही अनुरुप काम भएको पनि थियो। पत्रकारसम्मलेन गरेर नै संयुक्त टोलीले उक्त कार्य सकेको र सहमति भएको जनाएको थियो।

सार्कको कार्यान्वयमा नेपाल पक्षमा

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता गरिरहेको नेपालको भुमिकाबारे स्पष्ट पार्दै मन्त्री ज्ञवालीले आगामी समयमा सार्क सम्मेलनको आयोजना हुनेमा आफू विश्वस्त रहेको स्पष्ट पारे। ‘नेपाल सार्कको पक्षमा छ , सार्कलाइ पूनः क्रियाशिल गराउन समस्याहरु त छन्।

आतकंवाद, जलबायू परिवर्तन तथा गरिबी यो क्षेत्रको साझा समस्या रहेको छ,’ उनले भने। मन्त्री ज्ञवालीले आपसी मतभेद हटाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोन उनबीच समेत सिंगापुरमा भएको भेटवार्ताको उदाहरण दिदै भने, ‘दक्षिण एशियाली क्षेत्रमा पनि त्यो संभव छ। साझा समस्या समाधानकालागि सबै मुलुकको सामुहिक प्रयास आवश्यक छ। हामी सँगै बसेर कुरा गर्न सक्छौं।’

भारतीय नोट लिन पुनः आग्रह

नेपाली बैंकसँग थाती रहेका भारतीय नोटका सम्बन्धमा भारतीय विदेशमन्त्री स्वराजसँग पून आग्रह गरेको र नोट साटने आश्वासन पाएको बताए। दुई वर्षअघि भारत सरकारले प्रतिबन्ध गरेको नोट नेपालले अझै साट्न सकेको छैन्।

भारत सरकारले नयाँ नोटबन्दी दोहर्‍याएको खण्डमा नेपालमा प्रयोग गरिने भारु नचल्ने अवस्था सिर्जना नहोस र अहिले रहेको नोट तत्काल साट्न समेत भारतीय पक्षको प्रतिवद्धता खोजेको ज्ञवालीले बताए। नेपाल सरकारले एक सयभन्दा माथिका भारुको नेपालमा प्रयोग नगर्न सार्वजानिक सुचना जारी गरे सँगै भारतीय संचारमाध्यमहरुमा नेपालले नोट प्रतिबन्ध गरेको बुझाइ रहेको सन्दर्भमा मन्त्री ज्ञवालीले स्पष्ट पारेका थिए।

मन्त्री ज्ञवाली रायसेना डायलगमा सहभागि हुन शुक्रबार विहान दिल्ली आएका थिए। उनी शुक्रबार साँझ काठमाडौं फिरेका छन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.