स्वास्थ्यकै कर्मचारीले चोरे औषधि, संयोजक नै मुख्य योजनाकार

स्वास्थ्यकै कर्मचारीले चोरे औषधि, संयोजक नै मुख्य योजनाकार

डोल्पा : डोल्पामा स्वास्थ्य कार्यालयका कर्मचारीले आफ्नै कार्यालयबाट राति औषधि चोरेका छन्। स्वास्थ्य कार्यालय डोल्पामा रहेका दुई जना कर्मचारीले स्टोर किपर बिदामा रहेको बेलामा पुस १७ गते राती ताला तोडेर औषधि चोरेका हुन्। 

स्वास्थ्य कार्यालय डोल्पामा हाल फाजिलामा रहेका खोप सुपरभाइजर संजयकुमार मण्डल र ठुलीभेरि नगरपालिकाका स्वास्थ्य संयोजक दयानन्द गौडले स्वास्थ्य कार्यालयको स्टोरबाट औषधि चोरका हुन्। 

पुस १७ गते राती लगभग ११ बजे दुईजनाले स्टोरको ढोका फुटाएर चोरी गरिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रहरीका अनुसार औषधिका कार्टुनहरु लिँदै गर्दा भेटिएकोले एक रात संजयकुमार मण्डाललाई प्रहरीले थुनामा राखेको जनाएको छ। स्टोरबाट ६ बोरा औषधि र २ कार्टुन आर.एल. राति बाहिर लैजान लागेका थिए। 

घटना पुस १७ गते रातीको भए पनि स्वास्थ्य कार्यालयका स्टोर किपर देबबहादुर बिसि बिदामा रहेका कारण सत्य तथ्य कुरा बुझ्नको लागि एक रात थुनामा राखेर स्वास्थ्यकै कर्मचारीको जिम्मामा छोडिएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए। 

डिएसपी विष्टका अनुसार शुक्रबार स्टोर किपरले कार्यालयको स्टोर खोलेर हेर्दा गलत नियतले नै औषधि प्याक गरिएको पुष्टी भएको छ। स्वास्थ्य कार्यालय प्रमुख आउने बित्तिकै थप कारवाहीको प्रकृया अघि बढाइने विष्टले बताए। कार्यलय प्रमुखले लिखित रुपमा पत्र दिएपिछ प्रहरीले कारवाही गर्ने बिष्टले बताए। 

हेल्थ असिष्टेन्ट दयानन्द गौड ठुलीभेरि नगरपालिकाको स्वास्थ्य संयोजक भएको र नगरपालिकाबाट औषधि खरिदको लागि पेश्की बुझिसकेकोले त्यही रकम मिलाउन औषधि चोरी गरेको स्वास्थ्य प्रमुख रणलाल कुलालले बताए। 

औषधि चोरी गर्दा रङ्गेहात फेला परेका दायनन्नद गौड र संजयकुमार मण्डल भने आफूले कुनै चोरीका काम नगरेको बताउँछन्। बिनाकारण आफूहरुमाथि गलत आरोप लगाएको उनीहरुले बताए।  

स्टोर किपर देबबहादुर बिसि भने स्वास्थ्यमा आउने औषधिको डाटा अनलाइन सिस्टममा राखिने भएकोले कार्टुनमा नै राखिने र कहिले पनि बोरामा नराखिने दाबी गर्छन्। स्टोरको ताला सबै तोडिएको छ औषधि ६ वटा बोरामा सिलाएर राखिएको छ। प्रहरीकाे रिपोट भने ढोकाको चुकुल कम्जोर रहेको र बच्चाले खोलेको बताएको सुन्दा चकित भएको बिसि बताउछन्। 
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.