१२ वर्षीया बालिका बलात्कारका आरोपित पक्राउ

१२ वर्षीया बालिका बलात्कारका आरोपित पक्राउ

बाजुरा : १२ वर्षीया बालिका बलात्कारका ओरोपितलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख उद्धवसिंह भाटले जानकारी दिए।

 
घर नजिकैको  भैँसीको गोठमा भैँसीलाई दिउँसो घाँस र पानी खुवाउन गएको समयमा मुख छोपेर बलात्कार गरेको बालिकाका अभिभावकले बताएका छन्। मुख छोपेर चिच्याइ कराइ गरे वा कसैलाई भने मार्ने धम्की दिएर बलात्कार गरेको बालिकाले बताइन्। 
 
बालिकाको मंगलबार जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी प्रमुख डिएस्पी उद्धवसिंह भाटले जानकारी दिए। बालिका अहिले जिल्ला सदरमुकाममा रहेको सेभहाउसको जिम्मामा छिन्।

पीडक दलबहादुर थापाले जबरजस्ती करणी नभएर सहमतिमा यौन सम्पर्क भएको बताएका छन्। थप अनुसन्धान गरी पीडकलाई कानून अनुसारको कारबाही गरिने प्रहरी प्रमुख डिएस्पी भाटले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.