श्रीमानलाई डिभोर्स दिएर चरेश धन्दामा

श्रीमानलाई डिभोर्स दिएर चरेश धन्दामा

काठमाडौं : कुशल नृत्याङ्गना कान्छीमाया घलेले सांस्कृतिक महोत्सवमा नृत्य प्रदर्शन गर्दा वाहवाह पाउँथिन्। त्यसबाट पाएको रकमले उनको आवश्यक्तालाई पूरा गरेन। त्यसपछि उनले अर्को पेशा रोजिन। हङ्गकङमा चरेश तस्करी। 

बुधवार दिउसो बैदेशिक हुलाक भन्सार कार्यालय सुन्धाराबाट १५ केजी ५ सय ग्राम चरेश हङकङ पार्शल गर्न लाग्दा कान्छीमाया पक्राउ परेकी छन्। उनले श्रीमानसँग सम्बन्ध विच्छेद गरेपछि आर्थिक समस्या सुल्झाउन चरेश तस्करी सुरु गरेको प्रहरीसँगको बयानमा बताएकी छन्।  

नुवाकोट, चिसाङ गाउँपालिका—८बाट काठमाडौं आएकी उनी बालाजुको डेरामा बसेर चरेश कारोबार चलाइरहेको प्रहरीले बताएको छ। परिवारमा बेमेल वा सम्बन्ध विच्छेद गरेका महिलाहरु लागू औषध कारोबारमा संलग्न देखिएका छन्। २९ वर्षिया घले पछिल्लो महिला हुन्।  

लागू औषध नियन्त्रण व्युरोका प्रहरी निरिक्षक सुरेन्द्र चन्दका अनुसार दुई महिनाअघि चरेश तस्करीमा संलग्न भएको अभियोगमा मेरिना तिवारीलाई पक्राउ गरिएको थियो। ‘श्रीमानसँग सम्बन्ध विच्छेद गरेपछि तस्करीमा संलग्न हुने गरेको पाइयो। कोही भरिया बन्ने त कोही व्यावसायिक नै देखिए,’ प्रहरी निरिक्षक चन्दले भने। 

पछिल्लो तीन महिनायता लागू औषध कारोबारमा पाँचजना महिलालाई पक्राउ गरेको छ। जसमध्ये दुई जना महिला सम्बन्ध विच्छेद पछि लागू औषध कारोबारमा संलग्न भएको पाइएको छ। 
पहाडी जिल्लामा अफिमको खेती हुने गरेको छ। पश्चिमका बझाङ, रुकुम, सल्यान, जाजरकोट, जिल्लामा खेती हुने गरेको प्रहरी दावी छ। त्यस्तै, बाग्लुङ, गुल्मी, सिन्धुली, मकवानपुर, धादिङ र पूर्वका भोजपुर, धनकुटा, उदयपुर लगायतका जिल्लामा पनि अफिमको ओसारपसार गरेको हुने गरेको सूचना आएपछि प्रहरी परिचालन गरिएको छ। 

व्युरो प्रमुख डिआइजी दिनेश अमात्यले अभावमा जिन्दगी बिताइरहेका महिलाहरु छिटै अरुलाई विश्वास गर्दा अपराधमा फस्न पुगेको बताउँछन। उनले भने, ‘प्रलोभनमा फसाउन सजिलो हुने भएकोले माध्यमका रुपमा पनि महिलालाई प्रयोग गर्छन।’ पहाडी जिल्लाबाट तराईमा र सीमापारि ओसार्न महिलालाई प्रयोग गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.