भारतीय सहयोगको भवन ठेकेदारका कारण अलपत्र

भारतीय सहयोगको भवन ठेकेदारका कारण अलपत्र

बाजुरा : भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन बूढीनन्दा नगरपालिका–२ स्थित जनप्रकाश उमाविको भवन सम्झौता म्याद सकिँदा पनि सम्पन्न भएको छैन ।

मेयर लगायत जनप्रतिनिधिले ठेकेदार स्वयं सम्पर्कममा नआएर काम अलपत्र पारेको बताएका छन् । सम्झौता अनुसार गत भदौ महिनामै काम सक्नु पर्ने थियो । तर सम्झौता सकिएको १३ महिनासम्म पनि योजनाको २० प्रतशित मात्र भएको हो ।

जिल्ला समन्वय समितिका निमित्त कार्यलय प्रमुख जंगबहादुर थापाका अनुसार निर्माण कम्पनीलाई बारम्वार काम सम्पन्न गर्न आग्रह गर्दा पनि अटेरी गर्दैआएका छन् ।

दुई छात्रवास र एक विद्यालयको भवनका लागि ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रकमको सम्झौता भएको हो । निर्माण कार्यमा स्थानीय ठेक्काको जिम्मा लिएका गणेश गिरी र निर्माण सेवाको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको थापाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.