वडा सदस्यविरुद्ध दुई लाख ५० हजारको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य उत्तम चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
वडा सदस्य चौधरीले उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी दुई लाख पाँच हजार घुस लिएका थिए।
घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेका चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गरी अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रतिक्रिया दिनुहोस !