लागूऔषध कोरेक्ससहित भारतीय पक्राउ

लागूऔषध कोरेक्ससहित भारतीय पक्राउ

धरान : भारतको बिहार राज्यस्थित विरपुरबाट सुनसरीको धरानतर्फ लागू औषध बोकर आउँदै गरेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। शुक्रबार राती सशस्त्र प्रहरीको टोलीले सुनसरीको हरिनगराबाट मोटरसाईकलमा नेपाल प्रवेश गरेका भरात विरपुर घर भएका भारतीय नागरिक हारुण रशीदलाई एकसय ५० बोतल लागूऔषधसहित पक्राउ गरेको हो। 

नेपाल–भारत सीमा क्षेत्रबाट लागु औषध बोकी मोटरसाईकलमा आउँदै गरेका रशीदलाई गस्तिमा रहेको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीगण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठले जानकारी दिए। लागूऔषध कारोबारी रशीदबाट एकथान मोटरसाईकलसहित एकसय ५० थान कोरेक्स बरामत गरिएको उनले बताए। 

विराटनगरको जोगवनी नाकाबाट लागूऔषध भित्र्याउन नसकेपछि पछिल्लो समय भारतीय तस्करले सुनसरीको खुल्ला सीमाबाट लागूऔषध ल्याई धरान, इटहरी लगायतका स्थानमा बिक्री गर्दै आएका छन्। 

तस्करले सुनसरीका विभिन्न नाकाबाट लागूऔषध लगायतका अवैध सामाग्री तस्करी गर्ने गरेको सूचना पाएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चौबीसै घण्टा प्रहरी परिचालन गरी तस्करीलाई नियन्त्रण गर्ने गरेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताएका छन्। बरामत गरिएको लागूऔषधसहित रशीदलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा लगाइएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.