रुस्लान सिमरा गोल्डकप : संकटासँग सरस्वती स्तब्ध

रुस्लान सिमरा गोल्डकप : संकटासँग सरस्वती स्तब्ध

सिमरा : सरस्वती युथ क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लब सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटाले सरस्वतीलाई ३१ ले पराजित गरेको हो।

निर्धारित समयमा दुबै टिमले ११ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो। टाइब्रेकमा संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट प्रदर्शन गरेपछि सरस्वती पहिलो खेलबाटै घर फर्कन बाध्य भयो। राजाबाबुले सरस्वतीका तीन खेलाडीको प्रहार बचाउ गरे। सरस्वतीका लागि मोहन गुरुङले मात्रै गोल गरे। भिक्टर अमोबी, रमेश घिसिङ र बिष्णु केसीको प्रहार भने राजाबाबुले रोकेका थिए।

संकटाका लागि सुरज गुरुङ, लक्ष्मण रुचाल, रोहन लिम्बुले गोल गरे। अमित तामाङ र दिनेश आलेमगरको प्रहार भने बाहिरिन पुग्यो। टाईब्रेकरमा उत्कृष्ट बचाउ गरेका राजाबाबु खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार हात पारे।

यसअघि खेलको ३८ औं मिनेटमा संकटाविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा सरस्वतीका लागि दुर्भाग्य बन्न पुग्यो। खेलको सुरुवातदेखी आक्रामक देखिएको सरस्वतीका फ्रान्सिस ओनिएमाको पासमा मोहन गुरुङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

खप्तड गोल्डकप खेलेर सिमरा आइपुगेको संकटाका खेलाडीले पहिलो हाफमा आकर्षक प्रदर्शन गर्न सकेनन्। खेलको सुरुवातदेखि नै संकटा दवावमा देखिएको थियो। सरस्वतीको आक्रामक खेललाई बचाउ गर्न संकटालाई हम्मेहम्मे परेको थियो। पहिलो हाफमा हावी देखिएपनि सरस्वतीले थुप्रै अवसर भने खेल फालेको थियो।

खेलको ११ औं मिनेटमा फ्रान्सिसले डिबक्स भित्रको अवसर चुकाए। उनको फितलो प्रहारलाई संकटाका गोलरक्षक राजाबाबुले नियन्त्रणमा लिए। त्यसलगत्तै रमेश घिसिङको क्रसमा फ्रान्सिस पुनः चुकेका थिए। खेलको २६ औं मिनेटमा कुशल श्रेष्ठको प्रहारलाई संकटाका सुभाष गुरुङले गोल लाइनबाट फर्काउदा सरस्वतीले अग्रता लिनबाट चुकेको थियो।

दवावमा देखिएको संकटाले केही अवसरको सिर्जना गरेपनि सदुपयोग गर्न सकेन। खेलको ४औं मिनेटमा संकटाका म्याक्सवेलले प्रहार गरेको बल सरस्वतीका कुशल श्रेष्ठले बचाउ गरेका थिए। खेलमा १-० ले पछि परेको संकटा दोस्रो हाफमा भने लयमा देखियो। संकटाले दोस्रो हाफमा आक्रामक खेल खेल्दै ५८औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो।

संकटाका दिनेश आलेमगरको क्रसमा जय गुरुङले उत्कृष्ट गोल गरे। डिबक्स भित्रबाट जयको प्रहारलाई सरस्वतीका गोल रक्षक प्रदीप भण्डारीले ठम्याउन समेत सकेनन्। संकटाको गोलपछि खेल रोमाञ्चक बन्न पुग्यो। बराबरी गोलपछि खेल प्रतिस्पर्धात्मक बन्यो। अन्तिम समयमा दुबै टिमले केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो।

सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पराजय भोग्नुपरेको बताए। पहिलो हाफमै पाएको केही राम्रा अवसर चुकाउन पुग्दा अग्रता जोगाउन नसकेको उनको भनाई थियो। संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडी थकित भएका कारण प्रदर्शन सोचेजस्तो हुन नसकेको बताए। खेलमा एक गोलले पछि परेपनि अन्तिम समयमा आक्रामक खेल खेलेपछि नतिजा आफ्नो पक्षमा आएको खड्कीको भनाई थियो।

आठौं संस्करणको बिजेता संकटाले अब सेमिफाईनल प्रवेशका लागि थ्रिस्टारसंग खेल्नेछ। प्रतियोगिता अन्तर्गत आईतवार साविक बिजेता त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.