पुलिसलाई खप्तड गोल्डकप उपाधि

पुलिसलाई खप्तड गोल्डकप उपाधि

धनगढी : नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्‍यो।

पुलिसको जितमा एकमात्र गोल अभिषेक रिजालले गरे। ६४औं मिनेटमा नीरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो। यस जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता रुस्लान थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो। खेलमा निर्णायक गोल गरेका अभिषेक म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।

विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भए पनि उपाधि जित्दा खुसी रहेको बताए। ‘मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन त गरेनौं। समयमा नै गोल निस्केकाले जित्न सफल भयौं,’ उनले भने,

‘लिगको प्रदर्शन बिर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो। अब अन्य प्रतियोगितामा पनि यसैअनुसार अगाडि बढ्नेछौं। मोफसलको प्रदर्शनले अर्को लिगको तयारीको आधार हुनेछ।’

विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमायो। उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए। उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदीयमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए। पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विजेता टोली र खेलाडीलाई कांग्रेस नेत्री आरजु राणा देउवा, धनगढी उपमहानगर प्रमुख नृपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव इन्द्रमान तुलाधरलगायतले पुरस्कार प्रदान गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.