स्वास्थ्यमा सरुवाको खेती

स्वास्थ्यमा सरुवाको खेती

काठमाडौं : पदस्थापन भएको दुई महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई सरकारले सरुवा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनको पदस्थापन भएको छ। र उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ।

मंसिर १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका अधिकारीलाई स्वास्थ्यमा सरुवा गरिएको थियो। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको कार्यशैली मन नपराएका अधिकारी पछिल्लो समय मन्त्रालय जानसमेत छाडेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद       श्रेष्ठले सरुवाको हल्ला सुनेको बताए। उनले भने, ‘आधिकारिक रूपमा कुनै जानकारी प्राप्त भएको छैन।’ मन्त्रालयको वेबसाइटमा भने सचिवमा अधिकारीकै तस्बिर र नाम रहेको छ। मन्त्रालयकी अर्की सचिव डा. पुष्पा चौधरीलाई मन्त्री यादवले बढी जिम्मेवारी दिएपछि प्रशासन समूहका सचिव अधिकारी मन्त्री यादवप्रति असन्तुष्ट थिए।

सचिव अधिकारीलाई कर्मचारी प्रशासनका साथै औषधि व्यवस्था र आयुर्वेद विभागको जिम्मेवारी दिइएको थियो। सचिव डा. चौधरीले भने नीति, योजना, अनुगमन, समन्वय महाशाखा र महत्वपूर्ण स्वास्थ्य सेवा विभागको जिम्मेवारीसमेत पाएकी थिइन्। मन्त्री यादवलाई आफूखुसी कार्यविभाजन गर्न नपाइने उल्लेख गर्दै सचिव अधिकारीले मन्त्रिपरिषद्बाट कार्यविभाजन गरेर ल्याउन आग्रह गरेका थिए।

अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गर्दा प्रधानमन्त्री केपी ओलीले विभागीय मन्त्री यादवसँग कुनै परामर्श गरेका थिएनन्। मन्त्रिपरिषदको बैठकमा सरुवा गर्ने सहमति भए पनि अप्रत्याशित रूपमा अधिकारीलाई स्वास्थ्यमा सरुवा गरेपछि मन्त्री यादव प्रधानमन्त्री ओलीसँग नै असन्तुष्ट थिए।

भइरहन्छ सरुवा

यसअघि मन्त्रालयकी सचिव डा. चौधरीलाई पनि असोज ८ गते मन्त्रिपरिषद बैठकले सरुवा गरेको थियो। प्रधानमन्त्री कार्यालयमा गरिएको सरुवाको निर्णय हचुवा र अप्रत्यासित भएको जनाउँदै डा. चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

डा. चौधरीको नियुक्ति तथा पदस्थापन स्वास्थ्य सेवा ऐनअनुसार स्वास्थ्य मन्त्रालयमा भए पनि दरबन्दी नै नभएको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो। स्वास्थ्य सचिवको दरबन्दी नै नभएको प्रधानमन्त्री कार्यालयमा जगेडामा राखिएपछि कानुनसम्मत नभएको ठहर गर्दै सर्वोच्चले सरुवा बदर गरेको थियो।

सचिवद्वय अधिकारी र डा. चौधरबीच कार्यकक्ष र कार्य जिम्मेवारीको विषयमा समेत असहज अवस्था सिर्जना भएको मन्त्रालय स्रोतले बतायो। ‘एउटा कार्यकक्षमा जो पहिलो पुग्थ्यो, त्यहीँ कुर्सीमा बस्ने अवस्था देखियो’, मन्त्रालयका एक सहसचिवले भने। सचिव डा. चौधरीले उपप्रधानमन्त्री यादवलाई कार्यकक्ष र जिम्मेवारीको विषयमा गुनासो गरेपछि उनलाई पुरानै कक्ष र बढी जिम्मेवारी दिइएको थियो। नयाँ कार्यकक्ष र तुलनात्मक रूपमा थोरै जिम्मेवारी पाएपछि अधिकारी असन्तुष्ट रहेको स्रोतले बतायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.