सिमरा गोल्डकपमा हिमालयन शेर्पासँग पुलिस स्तब्ध

सिमरा गोल्डकपमा हिमालयन शेर्पासँग पुलिस स्तब्ध

सिमरा : खप्तड गोल्डकप उचालेर सिमरा आइपुगेको नेपाल पुलिस क्लब दशौं सिमरा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ। सिमरा रंगशालामा सोमबार भएको खेलमा पुलिसले हिमालयन शेर्पासँग २–० को पराजय ब्यहोरेको हो।

धनगढीबाट सडक मार्ग हुदै सिमरा आएको पुलिसले आकर्षक प्रदर्शन गर्न नसक्दा सिमरा गोल्डकपको यात्रा सुखद् हुन सकेन। पुलिसलाई स्तब्ध बनाउने क्रममा शेर्पाका त्रिदेव राई र बिश्वास श्रेष्ठले समान एक-एक गोल गरे।

 दोस्रो विशाल मेमोरियल गोल्डकपको फाइनल खेलेर सिमरा आइपुगेको शेर्पाले अन्तिम १० मिनेटमा पुलिसविरुद्ध दुई गोल गरेको थियो। दुई टिमको खेल रोमाञ्चक हुने अपेक्षा गरिएपनि दुबै टिमको प्रदर्शन फिलतो देखियो। खेलको सुरुवातदेखि नै दुबै टिममा तालमेलको अभाव देखिन्थ्यो। पहिलो हाफमा दुबै टिमले आकर्षक अवसर बनाउन सकेनन्।

सिमरा रंगशालाबाटै नेपाली फुटबलमा उदाएका रवि पासवान घरेलु मैदानमा चल्न सकेनन्। सिमरा गोल्डकपको पाचौं सस्करण खेलेर मनाङ हुदै पुलिसमा आवद्ध भएका पासवान पाँच वर्षपछि सिमरा रंगशालामा उत्रिएका थिए। खप्तड गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी भएका रविसहित पुलिसका तेज तामाङ, अभिषेक रिजाल जस्ता स्टार खेलाडी चल्न सकेनन्।

दोस्रो हाफमा पुलिसले केही लय समाते पनि नजिता भने शेर्पाको पक्षमा गयो। शेर्पाले खेलको ८६औं मिनेटमा पुलिसविरुद्ध खाता खोल्यो। त्रिदेव तामाङले डि-बक्स भित्रबाट उत्कृष्ट प्रहार गर्दै टिमलाई अग्रता दिलाए। उनको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले ठम्याउन समेत सकेनन्।

पुलिसविरुद्ध अग्रता लिएपछि खेलमा शेर्पा हाबी भयो। अन्तिम समयमा लगतार आक्रामक खेल खेल्दै शेर्पाले पुलिसलाई दवावमा राख्यो। शेर्पाले खेलमा अग्रता लिएपछि दवावमा देखिएको पुलिसले अन्तिम समयमा दोस्रो गोल खान पुग्यो। निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको पाँच मिनेट ईन्जुरी समयको अन्तिम समयमा शेर्पाका लागि विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमलाई २–० को जीत दिलाए।

विश्वास खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। विश्वासलाई ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्यले पुरस्कार वितरण गरिन। शेर्पासँगको हारपछि स्तब्ध पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो खेलाडी थकित भएका कारण सोचेजस्तो प्रदर्शन हुन नसकेको बताए।

'खेलाडीले कम्तीमा ४८ घण्टा आराम पाउनुपर्छ। खप्तड गोल्डकप सकेर हामी आज (सोमबार) बिहान मात्रै हामी यहाँ आईपुग्यौ, खेलाडीले आराम पाएकै छैनन्’ थापाले भने 'त्यसैले पनि खेलाडी चल्न सकेनन्। टिम पराजय हुनुको कारण पनि यही नै हो।’

हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले जीतबाट खुशी भएपनि टिमले स्तर अनुसारको प्रदर्शन गर्न नसकेको बताए। उनले पनि खेलाडीले आराम नपाएको प्रतिक्रिया दिए। 'सबैको टिम र खेलाडीको समस्या उस्तै छ। थकानका कारणनै खेलाडीले खेल्न सकेका छैनन्।’ लिम्बुले भने,'अन्तिम समयमा पाएको एउटा अवसरलाई सदुपयोग गरेपछि खेल हामीले जित्न सक्यौ। अन्तिम समयमा अग्रता लिने जो कोही पनि खेलमा हावी हुन्छ, आज त्यही भयो र अर्को स्कोर गर्न सक्यौं।'

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाईनल खेलमा आठौं संस्करणको विजेता सिएमजी संकटा र रुस्लान थ्रिस्टार क्लबबीच खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.