हिमपातले हवाई तथा यातायात सेवा ठप्प
जुम्ला : सोमबार रातिदेखी जुम्लामा भइरहेको भारी हिमापातका कारण हवाई तथा सडक यातायात ठप्प भएको छ । हिमापातले हवाई तथा यातायात सेवा ठप्प भएपछि जिल्ला बाहिर जाने तयारीमा रहेका हजारौं यात्रु अलपत्र परेका छन्।
जुम्ला हुँदै सुर्खेत, नेपालगंज, काठमाडौंसम्म गुड्ने सबै छोटा तथा लामो दुरीका सवारी साधन बन्द भएका छन् । यातायात व्यवसायी दिपराज रावतले तीन दिनदेखि बुकिङ भएका सबै सवारी जिल्लाबाट बाहिर जान नसकेको बताए ।
जुम्लामा यो तेस्रो पटकको हिमपात हो । हिमपातले जनजीवन कष्टकर बनेपछि स्थानियबासीलाई घर बाहिर निस्कन समेत मुस्किल भएको छ । सरकारी कार्यालय, ट्युसन सेन्टर, व्यापार ठप्प छन् । जिल्लाका उच्च भूभागमा करिब २ फिट बढी र जिल्ला सदरमुकाम खलंगामा आधा फिट हिँउ परेको छ ।
किसान खुसी
हिमपात भएपछि यहाँका किसान भने खुसी छन् । जति हिँउ पर्यो त्यति हिँउदे बाली सप्रिने भन्दै कृषक खुसी भएका हुन् ।
यत्तिखेर जुम्लामा स्याउ विरुवा काँटछाँट अभियान संचालन भइरहेकाले यो हिँउले विरुवालाई निकै फाइदा गर्ने कृषि विज्ञ बालकराम देवकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस !