बाजुराका ४ स्थानीय तह सञ्‍चारविहीन

बाजुराका ४ स्थानीय तह सञ्‍चारविहीन

बाजुरा : बाजुराको उत्तरी क्षेत्रका एक नगरपालिका र तीन गाउँपालिका सञ्चारविहीन छन्। बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट वञ्चित भएका हुन्।

घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको स्वामिकार्तिक खापर गाउँपालिका–१ का शिक्षक मानबहादुर रोकायाले बताए। ‘चिसो मौसममा राम्रोसँग घाम लाग्दैन, दिनको तीन/चार घण्टा मात्र फोनको लाइन आउँछ, लाइन आए पनि राम्रोसँग आवाज सुनिँदैन, बीचमा कुरा गर्दागर्दै काटिन्छ’, शिक्षक रोकायाले भने।

फोन नहुँदा स्थानीय तहका वडा बैठक, विद्यालय व्यवस्थापन समितिका बैठक र अन्य विकास निर्माणका बैठक समयमा हुन नसकेको वडाध्यक्षहरूले बताएका छन्। ‘कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको छ’, स्थानीय नन्दबहादुर धामी खत्रीले भने।

विश्व सञ्चार र प्रविधिमैत्री भइरहेका बेला फोन सेवा पनि नपाउनु राज्यबाट सौतेनी व्यवहार भएको महसुस भइरहेको हिमाली गाउँपालिकाका स्थानीय शंकर मल्लले बताए। स्थानीयले टेलिकमको गुणस्तर राम्रो हुनुपर्ने माग राख्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई त्यस क्षेत्रका युवाले मंगलबार मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएका छन्।

पत्र बुझ्दै मन्त्री शाहले त्यस क्षेत्रको समस्याबारे थाहा भएको र टेलिकमलाई समन्वय गरी समस्या समाधान चाँडै गर्ने बताए। उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टिको घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका हुन्।

टेलिकम बाजुराका कार्यालय प्रमुख माधव जोशीले त्यस क्षेत्रमा बिजुली नभएकाले सोलारको विकल्प नभएको बताए। उनले कोल्टीमा विद्युत् भए पनि नियमित नहुँदा समस्या आएको बताए। जगन्नाथ गाउपालिककाको काँडाकोटमा चिनियाँ कम्पनी हुवाईले टेलिकमको टावर बनाउने जिम्मा लिएको छ तर दुई वर्षदेखि टावरको काम सकिएको छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.