सिमरा गोल्डकप : थ्रीस्टार उपाधि नजिक

सिमरा गोल्डकप : थ्रीस्टार उपाधि नजिक

सिमरा : हिमालयन शेर्पालाई स्तब्ध पार्दै थ्रीस्टार १०औं सिमरा गोल्डकपको उपाधि नजिक पुगेको छ।

बिहीबार भएको सेमिफाइनलमा शेर्पालाई १-० गोलको कठीन जित निकाल्दै थ्रीस्टारले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो।

साविक विजेता आर्मी आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल शनिबार हुनेछ।

थ्रीस्टारलाई उपाधि होडमा उभ्याउन फोफना फोडेले निर्णायक गोल गरेका थिए। उनले खेल ७१औं मिनेटमा निर्णायक गोल गरेका थिए। रन्जन विष्टको पासलाई सदुपयोग गर्दै उनले शेर्पाका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै बललाई जाली चुमाएका थिए।

सिमरा गोल्डकपको नवौं संस्करणमा पनि यी दुवै टोली फाइनलमा पुगेका थिए। आर्मीले नवौं संस्करणमा थ्रीस्टारलाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो। आर्मी सिमरा गोल्डकपको छैठौं संस्करणको विजेता पनि हो।

थ्रीस्टारले फाइनलमा स्थान बनाउन अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो। थ्रीस्टारका कप्तान विक्रम लामा खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

खेलपछि शेर्पाका ब्यवस्थापक ब्रिजेन्द्र पुडासैनीले खेलाडीमा तालमेलको अभाव देखिएको बताए। टोलीका महत्वपूर्ण खेलाडी विवेक पौडेल घाइते भएर मैदानबाट बाहिरिँदा पनि समस्या भएको पुडासैनीले बताए।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जितबाट खुसी भएपनि टोलीको प्रदर्शनमा सुधार ल्याउन जरुरी रहेको बताए। केही नयाँ खेलाडी टोलीमा सहभागी भएका कारण तालमेल हुन नसकेको भन्दै केसीले फाइनलमा त्यसलाई सुधार गर्ने बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.