बिहान मन्दिर गएका पारस दिउसो अस्पताल भर्ना, तेस्रोपटक हृदयाघात

बिहान मन्दिर गएका पारस दिउसो अस्पताल भर्ना, तेस्रोपटक हृदयाघात

काठमाडौं : पूर्व युवराज पारस शाह नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनलाई सोमबार दिउसो ४ बजेर १५ मिनेटमा कार्डियोलोजी विभागमा भर्ना गरिएको अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले जानकारी दिए।

हिजो साँझदेखि नै असहज महसुस गरेका पारस हृदयाघातका कारण तेस्रोपटक अस्पताल भर्ना भएका हुन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ एवं विभाग प्रमुख डा. यादवदेव भट्टको टोली पारसको उपचारमा संलग्न छ।


>>> धर्मकर्ममा पारस शाह, गोल्डेन मन्दिरमा पूजा


बिहान पूजामा गएका थिए

बिहानमात्र पारस पूजापाठका लागि मन्दिर पुगेका थिए। पाटन मंगलबजारमा रहेको गोल्डेन मन्दिर पुगेर उनले पूजापाठ गरेका थिए।

पारस गोल्डेन मन्दिर पुग्दा राजतन्त्रका पक्षधरहरूले उनको स्वागत गरेका थिए। पारसले गोल्डेन मन्दिरमा त्यहाँका पूजारीसँग बसेर विशेष पूजापाठ गरेका थिए।

उनका बाबु पूर्वराजा ज्ञानेन्द्र शाह मध्य तराईको भ्रमणका क्रममा बाराको सिमरा पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.