प्रदेश सभा बैठकमा पनि कांग्रेसको अवरोध

प्रदेश सभा बैठकमा पनि कांग्रेसको अवरोध

बुटवल : अनसनरत चिकित्सक डा. गोविन्द केसीको विषयलाई लिएर पाँच नम्बर प्रदेश सभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन शुरु हुनासाथ आसनबाट उठेर बिरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुख पूर्णबहादुर घर्तीमगरले दलका नेता वलदेव शर्मा पोखरेललाई धारणा राख्न समय दिएका थिए । संसदमा बोल्दै उनले गोबिन्द केसीको जीवन रक्षा र निर्मला पन्त हत्याका अभियुक्तको पहिचान हुनुपर्ने भन्दै संसद अवरुद्ध गर्ने जनाएका थिए । 

‘डा गोबिन्द केसी जीवनमरणको अवस्थामा छन्, संघीय र प्रदेश सरकार यस विषयमा गम्भिर देखिएनन्, उनले बैठकमा भने, ‘उनको जीवन रक्षाका लागि सदन अवरुद्ध गर्छौं ।’

सभामुख घर्तीले सरकारका तर्फबाट जवाफ दिए सदन चल्न दिनुहुन्छ कि हुदैन भन्दै प्रश्न गरेका थिए । विपक्षीदलले हुदैन भनेपछि बैठक माघ २२ गतेसम्मका लागि स्थगित भएको छ ।

संसदको आजको बैठकमा विशेष समयमा सांसदहरु बोल्ने कार्यसूचि थियो । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संसदमा उठेका प्रश्नको जवाफ दिनुका साथै, प्रदेश मामिला तथा कानुन समितिका सभापति दामा शर्माले प्रदेश नम्बर ५ जाचबुझ आयोग गठन तथा काम कर्तव्य अधिकार सम्बन्धी बिधेयकको प्रतिवेदन पेश र तथ्यांक सम्बन्धी बिधेयक टेवल गर्ने कार्यसूचि रहेको थियो ।

डा. केसीको अनसन र प्रतिनिधिसभाको चिकित्सा शिक्षा बिधेयक सम्बन्धमा  प्रदेश सभामा सांसदहरुले प्रश्न उठाउदै आएका थिए । एक वर्षअघि शुरु भएको प्रदेशसभा बैठक अवरुद्ध भएको यो दोस्रो पटक हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.