बर्दियामा चरेशसहित एकजना पक्राउ

गुलरिया : बर्दियामा प्रहरी चरेशसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले २ किलो ९६ ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका- ६ बाट १९ वर्षीय कृष्ण थापालाई चेकजाँचका क्रममा चरेशसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।
थापाले बोकेको खैरो रंगको कपडाको झोलाभित्र पहेलो रंगको प्लाष्टिकले बेरेको अवस्थामा चरेशजस्तो देखिने कालो अर्ध ठोस पदार्थ बरामद भएको उनले बताए । थापालाई बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
