बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी

बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी

बाजुरा : बाजुरा जिल्ला प्रहरी कार्यालयमा  आगलागी भएको छ। आगलागी हुँदा करिब दुई लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले  जानकारी दिए। 

आगलागीबाट ३३ हजार नगद, तीन प्रहरी जवानको लत्ताकपडा र फर्निचरलगायत सामाग्री जलेका छन्। प्रहरी जवान बस्ने टिनको छानोमा  बिजुली सट भएर आगलागी भएको  प्रहरी प्रमुख भाटले जानकारी दिए। 

प्रहरी जवान कोठामा ताला लगाएर  कामको सिलशिलामा कोल्टी पुगेको समयमा आगलागी भएको हो । कोठामा बस्ने प्रहरी जवान बाहिर भएकाले आगो नियन्त्रणमा ढिलाई भएको प्रहरीको भनाइ छ। 

जिल्ला प्रहरी कार्यलयको पक्की भवन निर्माणधिन अवस्थामा रहेकोले अहिले जिल्ला प्रहरी कार्यलय टिनको छानोमा प्रहरीको निवास बनाइएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.