सडक दुघर्टना कम गर्न चालकको स्वास्थ्य परीक्षण

सडक दुघर्टना कम गर्न चालकको स्वास्थ्य परीक्षण

जाजरकोट : सवारी दुर्घटना न्युनीकरण गर्न जाजरकोटमा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वस्थ चालकले नै सही तरिकाले सवारी साधन चलाउन सक्छन् भन्ने मान्यताका साथ अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको आयोजनामा सवारी चालकहको स्वास्थ्य परीक्षण गरिएको हो।

सडक दुर्घटनालाई न्युनीकरण गर्न छिन्चु जाजरकोट सडक खण्डमा सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण गरिएको मध्य धेरै चालकहरु उच्च रक्तचाप (व्लड प्रेसर) का बिरामी भएको पाइएको छ।  परीक्षण गराएका ८० मा १२ जना उच्च रक्त चापका बिरामी पाइएको अस्थाई जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी सहायक निरीक्षक आनसिंङ भण्डारीले जानकारी दिए। त्यस्तै दुई जना चालकमा आँखाको समस्या देखिएको छ। उच्च रक्तचाप भएका र आँखामा समस्या भएका चालकलाई तत्काल उपचार गराउन सल्लाह दिएको जिल्ला अस्पताल जाजरकोटका डा.राजेन्द्र लामाले बताए।

सवारी चालकले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ तर  हेलचेक्रयाई गर्ने भएकोले  बसपार्कमा शिविर  नै राखेर स्वास्थ्य परीक्षण गरिएको प्रहरी सहायक निरीक्षक भण्डारीले बताए।  शिविरमा जिल्ला अस्पताल जाजरकोटका डा.राजेन्द्र लामा, डा. अमिन शाह लगायतका स्वस्थ्यकर्मीले चालकको स्वास्थ्य चेकजाँच गरेका थिए। दुर्घटना न्युनीकरण गर्न सवारी चालकले आफ्नो स्वास्थ्यको समय समयमा चेकजाँच गराई राख्न जाजरकोटका प्रहरी प्रमुख रविन्द्र बहादुर सि‌ंहले आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.