बँदेलको आक्रमणमा दुईजना गम्भीर घाइते

बँदेलको आक्रमणमा दुईजना गम्भीर घाइते

बाजुरा : बाजुरामा बँदेलको आक्रमणमा २ जना गम्भीर घाइते भएका छन्। बडीमालिका नगरपालिका–७ का २० वर्षीय गंगराज तिमिल्सेना र ५० वर्षीय प्रदीप पाध्याय बदेँलको आक्रमणमा गम्भीर घाइते भएका हुन्।

शनिबार साँझ ५ बजेतिर वडामा रहेको चिनेचौरमा रहेको जंगलबाट घरको दार ल्याएर फर्कने क्रममा एक्कासी जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाद्यायले जानकारी दिए।

बँदेलले उनीहरू दुबैको टाउको, हात र खुट्टामा टोकेको छ। घाइते भएका दुबै जनाको अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको वडा अध्यक्ष पाद्यायले बताए।

एक हप्ता अगाडि पनि सोही वडामा एक जना बालकलाई पनि आाक्रमण गरेको थियो। उच्च हिमाली भागमा बाक्लो हिउँ परेकाले जंगली जनावरहरू आहारा खोज्न बेसी झरेका छन्। जिल्लाका अधिकाश ठाउमा जंगली जनावरको आक्रमणमा बस्तुभाउ पनि पर्ने गरेका स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.