सरकारविरुद्ध बाजुरामा कांग्रेसको प्रदर्शन

सरकारविरुद्ध बाजुरामा कांग्रेसको प्रदर्शन

बाजुरा : नेकपाको सरकारले काम नगरेर कुरा मात्र ठुला गरेको भन्दै नेपाली कांग्रेस बाजुराले विरोध पदर्शन गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कमिटीको निर्देशनमा आइतबार बाजुरामा प्रदर्शन गरिएको हा। 

कांग्रेस बाजुराले अहिलेको सरकार निरंकुश भएको भन्दै चर्को नाराबाजी सहित प्रदर्शन गरेको छ। जिल्ला सदरमुकाम कोल्टी लगायतका बजारमा प्रदर्शनका कार्यक्रम गरेको बाजुराका जिल्ला सभापति कविराज पण्डितले बताए। नालाएक सरकार मुर्दावाद, निर्मला पन्तलाई न्याय देउ, केपी सरकार मुर्दावाद लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेको सभापति पण्डितले जनाए।

सरकारविरुद्ध निकालिएको आन्दोलनमा अधिकांश शिक्षक र जिल्ला स्वास्थ्यमा कार्यरत स्वास्थ्यकर्मीहरुको पनि सहभागिता थियो। आन्दोलनमा पूर्वशिक्षक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारीहरुले समेत सरकारकविरुद्ध नारा लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.