स्कुलको कर बुझ्दा एक लाख घुस लिने सहायक रजिष्ट्रार अख्तियारको फन्दामा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको बोर्डिङ स्कुलको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा उनले घुस लिएको खुलेको थियो।
उनले एक लाख घुस लिएको र तत्काल छोरीलाई दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना र कैद सजाय मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया दिनुहोस !